• २०८१ बैशाख १२ बुधबार

शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

kharibot

काठमाडौं । सर्वोच्च अदालतले नायिका शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ ।

बहुविवाहसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट जारी भएको पक्राउ पूर्जीसम्बन्धमा उच्च अदालत हुँदै सर्वोच्च पुगेकी शिल्पालाई तत्काल पक्राउ नगर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले आदेश दिएको हो ।

उच्च अदालत पाटनले शिल्पाको मागबमोजिमको आदेश दिन अस्वीकार गरेको थियो । त्यसपछि उनले सर्वोच्चको ढोका ढक्ढक्याएकी थिइन् ।

प्रधानन्यायाधीश राणको इजलासले शिल्पालाई तत्काल पक्राउ नगर्न आदेश दिनुका साथै अन्तरिम आदेशका सम्बन्धमा छलफलका लागि यही भदौ १५ गते दुवै पक्षलाई बोलाएको छ ।

चलचित्र निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले गत साउन ५ गते शिल्पा र छविविरुद्ध बहुविवाहको उजुरी गरेकी थिइन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै