• २०८१ बैशाख ११ मंगलबार

स्टिभ स्मिथको स्वास्थ्यमा समस्या, दोस्रो टेस्टको बाँकी खेल नखेल्ने !

kharibot

काठमाडौँ । इङल्याण्डविरुद्धको दोस्रो टेस्टबाट स्टिभ स्मिथ बाहिरिएका छन् ।

शनिबार जोफ्रा आर्चरको बाउन्सरले लागेर ढलेका स्मिथ पुन खेलमा फर्किए पनि उनको परिक्षण गर्दा समस्या देखिएका कारण दोस्रो टेस्टमा अब नखेल्ने भएका हुन् ।

क्रिकेट अस्ट्रेलियाले एक विज्ञप्ति जारी गर्दै स्मिथले दोस्रो टेस्टको बाँकी खेल नखेल्ने जनाएको छ । 

क्रिकेट अस्ट्रेलियाले स्मिथले शनिबार खेले पनि अओत्बार सुतेर उठ्दा केहि असहज महसुस गरेको र थप मेडिकल परीक्षण पछि आइसीसीको प्रोटोकल अनुसार यस खेलबाट फिर्ता बोलाइएको जनाएको छ । साथै उनको बल लागेको ठाउको पनि आजै थप परिक्षण हुने जनाएको छ ।

क्रिकेट अस्ट्रेलियाले स्मिथले उनको अहिलेको अवस्था अनुसार तेस्रो टेस्ट खेल्ने बारे समेत आशंका व्यक्त गरको छ ।

स्मिथको ठाउमा आइसीसीको अनुमतिले अर्का खेलाडी मार्नस लाबूसचाग्नेलाई टिममा समावेश गरिएको छ ।

८० रन बनाएर खेलिराहेका स्मिथ स्मिथ जोफ्रा आर्चरक बल लागेर घाइते भएपछि मैदानमा ढलेका थिए । आर्चरले फालेको १४८ किमी प्रतिघन्टाको गतिमा फालेको बल स्मिथको गर्धनमा लागेपछि उनी मैदानमा ढलेका थिए । स्मिथ मैदानमा ढल्ना साथ दुवै टिमका खेलाडी र मेडिकल टिम स्मिथसँग पुगेका थिए ।

डाक्टरको प्राथमिक उपचार पछि उठेका स्मिथ खेल्न चाहे पनि डाक्टरको सल्लाह अनुसार मैदान छोडेका थिए । स्मिथले मैदान छोडदा दर्शकले आआफ्नो स्थानमा उठेर स्मिथको सम्मान गरेका थिए ।

तर केहि समय ड्रेसिङरुपमा बसेपछि स्मिथ फेरी खेलमा फर्किएर ९२ रन बनाउदै आउट भएका थिए ।

दोस्रो टेस्ट अन्तर्गत आज अन्तिमको खेल बर्षाका कारण ढिलो गरि सुरु भएको छ । इङल्याण्डले शनिबार आफ्नो दोस्रो इनिंगमा ४ विकेट गुमाएको भएपनि आज अहिलेसम्म १३३ रन बनाएर थप विकेट नगुमाई खेलिरहेको छ ।

यस अघि इङल्याण्डले पहिलो इनिंगमा २५८ रन बनाएको थियो भने अस्ट्रेलिया २५० रनमा अल आउट भएको थियो ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै