• २०८१ बैशाख १४ शुक्रबार

बनेपा नगरपालिकाका सव-इन्जिनियर घुस रकमसहित पक्राउ

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनेपा नगरपालिकाका स्व इन्जिनियर आकाश श्रेष्ठलाई घुससहित पक्राउ गरेको छ ।

अख्तियारले बनेपा नगरपालिका वडा नं.११ काभ्रेका सव-इन्जिनियर आकाश श्रेष्ठले २०७२ सालको महाभूकम्पले पूर्ण क्षति भएको घर निर्माणको लागि नेपाल सरकारले प्रदान गरेको राहतको किस्ता रकम निकासीको सेवाग्राहीसँग २५ हजार घुस लिइसकेको अवस्थामा बनेपा नगरपालिका वडा नं.-८ नाला दोबाटो बनेपा स्थित द किचन भान्साघर एण्ड रेस्टुरेन्टबाट उक्त रकमसहित रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै