झगडा गर्दा गम्भीर घाइतेको हेलिकोप्टरमा उद्धार

खरीबोट

फाइल तस्बीर

खोटाङ । झगडामा गम्भीर घाइते भएका केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका ३० वर्षीय महेश राईको हेलिकोप्टरमा उद्धार गरिएको छ । राईलाई उपचारका लागि काठमाडौँ लगिएको छ । 

बिहीबार राति कुटाइबाट गम्भीर घाइते भएका राईको प्राथमिक स्वास्थ्य चौकी बाक्सिलामा उपचार सम्भव नभएपछि रु एक लाख ८० हजारमा हेलिकोप्टर चार्टर गरी काठमाडौँ लगिएको उनका दाजु ईश्वर राईले जानकारी दिए । राईको टाउको, गाला र शरीरको अन्य भागमा चोट लागेको छ । उनको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ । 

कुटपिटमा संलग्न रहेको आरोपमा वडाध्यक्ष खगेन्द्र राईसहित स्थानीय चार युवालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताए ।

घाइते महेश र वडाध्यक्ष खगेन्द्रबीच वडा कार्यालय भवन निर्माणमा उपभोक्ता समिति गठन गर्ने विषयमा बिहीबार विवाद भएको थियो । राति वडाध्यक्षसहितको समूहले महेशलाई कुटपिट गरेको थियो ।
 

सम्बन्धित समाचार

फ्रान्सेली पर्यटकको हेलिकप्टरबाट उद्धार

गोरखा । धार्चे गाउँपालिका–४ लाप्राकबाट फ्रान्सेली पर्यटकको उद्धार गरिएको छ । मनास्लु पदमार्ग हुँदै लार्केपास गर्न यही असोज १ गते लाप्राक आएकी ७२ वर्षीया फ्रान्सेली नागरिक यान म्यारी सिकिस्त बिरामी

सुत्केरी बेथा लागेकी महिलाको हेलिकप्टरबाट उद्धार

जाजरकोट । तीन दिनदेखि सुत्केरी बेथाले छटपटाएकी कुशे गाउँपालिका – ८ लाताकी ३८ वर्षीया तुल्सी सुनारलाई शुक्रबार हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको  छ ।  भदौ २२ गते नै सुत्केरी हुने मिति

बेचिएका बालकको उद्धार

कञ्चनपुर । भारतको हिमाचलमा बेचिएका दाङ तुलसीपुर उपमहानगरपालिका बिजौरी घर भएका १४ वर्षीय विशाल चौधरीको उद्धार गरिएको छ । हिमाचलस्थित शिमलाको पुजालीबाट सञ्चारकर्मी दीपेन्द्र बस्नेत र सामाजिक अभियन्ता अमर बिष्टको सक्रियतामा

अपहरित बालिकाको उद्धार, अपहरणकारी पक्राउ

बुटवल । भारतीय नागरिकबाट अपहरणमा परेकी ५ वर्षीय बालिकाको रुपन्देही प्रहरीले आज सकुशल उद्धार गरेको छ । प्रहरीले बालिका अपहरण गर्ने भारतीय नागरिकलाई पक्राउ गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ मा


z