• २०८१ बैशाख ७ शुक्रबार

भारतीय विदेशमन्त्री जयशंकर बुधबार नेपाल आउदै

kharibot

काठमाडौँ । भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकरले आगामी बुधबार नेपाल भ्रमणमा आउने भएका छन् ।

जयशंकर विदेशमन्त्री भएपछि पहिलो पटक नेपाल आउन लागेका हुन् ।

जयशंकर नेपाल भारत संयुक्त कमिसनको पाँचौ मन्त्रीस्तरीय बैठकमा भाग लिन नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जानकरी दिएको छ ।

सन् १९८७ मा स्थापना भएको ज्वाइन्ट कमिसनको पछिल्लो बैठक २०१६ मा भारतको नयाँ दिल्लीमा भएको थियो । गत फेब्रुअरीमै हुनुपर्ने यो बैठक भारतमा हुनलागेको आम निर्वाचनका कारण अगष्टका लागि सरेको थियो ।

ज्वाइन्ट कमिशनको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री प्रदीप् ज्ञवाली र भारतका विदेशमन्त्री जयशंकरले संयुक्त रुपमा गर्ने छन् ।

ज्वाइन्ट कमिशनको बैठकमा दुई देशबीचको सम्बन्ध कनेक्टिभीटी, आर्थिक पार्टनरसीपसहित विभिन्न क्षेत्रमा आपसी सहयोग, व्यापार, उर्जा, जलस्रोतका विषयमा छलफल हुने मन्त्रालयले जानकरी दिएको छ ।

नेपाल भ्रमणका क्रममा जयशंकरले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेंटने कार्यक्रम रहेको छ । 

जयशंकर नेपालमा भूकम्पपछि भारतको नाकाबन्दीका प्रमुख योजनाकार मानिन्छन् । संबिधान निर्माणको अन्तिम समयमा भारतीय विदेश सचिव रहेका जयशंकर भारत सरकारको विशेष प्रतिनिधिको रुपमा नेपाल आएर संबिधान जारी नगर्न नेपालका नेताहरुलाई दबाब दिएकोले नेपालको उनको नकारात्मक छबी रहेको छ ।

दुई दिने भ्रमण पुरा गरि जयशंकर विहिबार स्वदेस फर्किने कार्यक्रम रहेको छ ।                    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै