• २०८१ बैशाख ८ शनिबार

सोमर्स्वीको 'सिंग विथ सुशान्त' लाई युवाहरुको साथ

kharibot

काठमाडौँ । सोमर्स्वीद्धारा आयोजित कार्यक्रम सिंग विथ सुशान्तमा सुशान्त केसी सँगको संगीतमय साँझले काल्म रेस्टुरेन्ट एण्ड बारमा युवा र संगीत प्रेमीहरुको ठूलो भीडलाई आकर्षित गर्यो ।

उक्त भीडले सुशान्त केसीको ‘मायामा’ र ‘गुलाबी’ जस्ता लोकप्रिय गीतहरुको आनन्द लिँदै गायक सँगसँगै झुम्दै, गुनगुनाउँदै, नाच्दै ‘गुलाबी’ गीतलाई पुनः गाउन अनुरोध गरे जुन सुशान्तले स्वीकार गर्दै उनीहरुलाई मनोरञ्जन प्रदान गरे । सुशान्तले आफ्नो ९ वटा लोकप्रिय गीतहरु गाउनुको साथै आफ्नो प्रशसंकहरुलाई छिट्टै नै बजारमा आउन लागेको नयाँ गीत “रङ्गीन” पनि प्रस्तुत गरेका थिए । यो सुशान्त केसीको अस्ट्रेलियाबाट फर्के लगत्तै पहिलो प्रत्यक्ष प्रस्तुति हो ।

फ्रेन्डसीप महिना अभियान अन्तर्गत सोमर्स्वीले  विशेष अतिथीको रुपमा ५० जना भाग्यशाली विजेताहरुलाई आफ्नो साथीको साथमा आमन्त्रित गरेको थियो । भाग्यशाली विजेताहरुलाई फेसबुक प्रतियोगिताबाट छनौट गरिएको थियो जहाँ उनीहरु सुशान्तसँग नजिक हुनका साथै निशुल्क खाना र सोमर्स्वी साथमा खान सक्थे ।

गोर्खा ब्रुअरीका मार्केटिंग म्यानेजर रोजन अमात्यका अनुसार “यो कार्यक्रम धेरै राम्रो भयो र युवाहरुको भीडले सुशान्त केसीसँग हरेक पल रमाइलो गरेको प्रत्यक्ष हेर्न पाएँ, उनको हरेक गीतमा सबै दर्शकहरु एउटा सानो कन्सर्टमा आई रमाइरहेको जस्तो देखिएको थियो । हामी खुशी छौँ की सुशान्तसँगको यो सम्बन्धले उनको प्रशंसक नजिक हुन पाएको छ ।”

सोमर्स्वीले युवा माझ लोकप्रिय तथा चर्चित गायक सुशान्त के.सी. लाई अगस्ट २०१९ बाट लागु हुने गरी एक वर्षको लागि ब्रान्ड एम्बेष्डर घोषित गरेको छ ।

सोमर्स्वीले धरान, बुटवल, पोखरा र नारायणगढमा लगायत विभिन्न शहरहरुमा यही अगस्ट महिनामा सिंग विथ सुशान्त आयोजना गर्दैछ ।

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै