अरुणखोलाको डाइभर्सन बाढीले बगाउदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

खरीबोट

चितवन । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको अरुणखोलामा बनाइएको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार आईतबार साँझ साढे ६ बजेको आसपासमा अरुणखोला खोलामा आएको बाढीले डाइभर्सन बगाएको हो ।

गत साता पुल भाँचिएपछि डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिएको थियो । पूर्बबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बर ट्रकले नवलपुरको मध्यबिन्दु ११ अरुणखोलाको पुलको एकतर्फी भागमा ठक्कर दिदा पुल भाँचिएको थियो ।
डाइभर्सन बगेपछि बुटवल भएर पश्चिम जाने र पूर्व आउने सवारी साधन र यात्रु अलपत्र परेका छन् । 

अहिले पूर्बपश्चिम राजमार्ग पुर्णरुपमा अबरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ । भासिएको पुलबाट पैदल, साईकल यात्री र मोटरसाईकल यात्रीलाई मात्रैं हिड्न दिइएको थियो । ठूला सवारीहरु डाइभर्सनबाट एकतर्फी रुपमा सञ्चालन हुँदै आएका थिए ।

भाँचिएको पुलको शनिबारमात्र भौतिक योजना, यातायातमन्त्री रघुवीर महासेठले निरिक्षण गरेर छिटो पुल बनाउन निर्देशन दिएका थिए ।
 

सम्बन्धित समाचार

मर्मतपछि अरुणखोला पुलबाटै गुड्न थाले गाडी

कावासोती । ट्रक ठोक्किदा भाँचिएको पूर्व–पश्चिम राजमार्गको नवलपरासीको अरुणखोला पुल मर्मतपछि पुलबाटै गाडी गुड्न थालेका छन् । गत साउन २९ गते ट्रक ठोक्किँदा पुल एकको स्थानमा करीब डेढमिटर लच्किएको थियो

पूर्व–पश्चिम राजमार्ग २४ घण्टादेखि अवरुद्ध, अझै बनेन ‘डाइभर्शन’

कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा २४ घण्टादेखि राजमार्ग अवरुद्ध रहेको छ । अरुणखोला पुल भाँचिएपछि यातायात सञ्चालनका लागि बनाइएको ‘डाइभर्शन’ आइतबार साँझ बाढीले  बगाएकाले राजमार्ग अवरुद्ध भएको हो ।

अरुणखोलाको डाइभर्सन बाढीले बगाउदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

चितवन । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको अरुणखोलामा बनाइएको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको छ । प्रहरीका अनुसार आईतबार साँझ साढे ६ बजेको आसपासमा अरुणखोला खोलामा आएको बाढीले डाइभर्सन बगाएको

अरुणखोलाको पुल एक हप्तामा मर्मत गरिसक्न मन्त्री महासेठको निर्देशन

कावासोती । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आज पूर्वपश्चिम राजमार्गअन्तर्गतको नवलपरासीमा भाँचिएको अरुणखोला पुलको निरीक्षण गरेका छन् । मध्यविन्दु नगरपालिकामा रहेको भाँचिएको अरुणखोला पुलको निरीक्षण गर्दै पुललाई मर्मत गरी एक


z