• २०८१ बैशाख ४ मंगलबार

अरुणखोलाको डाइभर्सन बाढीले बगाउदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

kharibot

चितवन । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको अरुणखोलामा बनाइएको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार आईतबार साँझ साढे ६ बजेको आसपासमा अरुणखोला खोलामा आएको बाढीले डाइभर्सन बगाएको हो ।

गत साता पुल भाँचिएपछि डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिएको थियो । पूर्बबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बर ट्रकले नवलपुरको मध्यबिन्दु ११ अरुणखोलाको पुलको एकतर्फी भागमा ठक्कर दिदा पुल भाँचिएको थियो ।
डाइभर्सन बगेपछि बुटवल भएर पश्चिम जाने र पूर्व आउने सवारी साधन र यात्रु अलपत्र परेका छन् । 

अहिले पूर्बपश्चिम राजमार्ग पुर्णरुपमा अबरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ । भासिएको पुलबाट पैदल, साईकल यात्री र मोटरसाईकल यात्रीलाई मात्रैं हिड्न दिइएको थियो । ठूला सवारीहरु डाइभर्सनबाट एकतर्फी रुपमा सञ्चालन हुँदै आएका थिए ।

भाँचिएको पुलको शनिबारमात्र भौतिक योजना, यातायातमन्त्री रघुवीर महासेठले निरिक्षण गरेर छिटो पुल बनाउन निर्देशन दिएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै