• २०८१ बैशाख ७ शुक्रबार

बेन स्टोकको शतकपछि इङल्याण्डद्वारा पारी घोषणा

kharibot

काठमाडौँ । अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्ट बचाउन संघर्ष गरिरहेको इङल्याण्डका लागि मध्यक्रमका अलराउन्डर बेन स्टोकले शतकीय पारी खेलेका छन् ।

स्टोकको शतकपछि इङल्याण्डले ५ विकेट गुमाउदै २५८ रनमा आफ्नो पारी घोषणा गरेको छ । स्टोकले अविजित ११५ रन बनाए भने जोनी बैरस्ट्रवले अविजित ३० रन बनाए । अब अस्ट्रेलियाले जितका लागि २६७ रनको लक्ष्य पाएको छ । आजको खेल अब ५० ओभर बाँकी रहेको छ ।            

बेन स्टोकले आफ्नो क्यारियरको सातौ टेस्ट बनाउदै इङल्याण्डलाई राम्रो अवस्थामा पुर्याएका छन् । ५४ खेलको ९८औ पारीमा आफ्नो सातौ शतक बनाएका हुन् । शनिबार दोस्रो इनिंग सुरु गरेको इङल्याण्डले शिर्ष क्रमका ४ ब्याट्सम्यान सस्तैमा आउट भएपछि टेस्टमा नाटकीय मोड आएको थियो । तर आज बेन स्टोकले पारी सम्हाल्दै इङल्याण्डलाई हारको मुखबाट बचाएका छन्         

अब ४८ ओभर खेल्न बाँकि रहेकाले कम्तिमा इङल्याण्ड भने हारबाट बचेको देखिएको छ । 

यस अघि पहिलो इनिंगमा इङल्याण्डले २५८ रन बनाएको थियो भने अस्ट्रेलिया चौथो दिन २५० रन बनाएर अल आउट भएको थियो ।      
       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै