पुडासैनी आत्महत्या प्रकरण : अनुसन्धान ब्यूरोको टोली पनि चितवनमा

खरीबोट

भरतपुर । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा सहयोग पुर्याउन काठमाडौँबाट प्रहरीको विशेष अनुसन्धान टोली चितवन आएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोली आज आइपुगेको हो ।

अनुसन्धानमा थप सहयोग पुर्याउनका लागि ब्यूरोको टोली चितवन आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । उनले काठमाडौँबाट आएको चार जनाको टोलीले जिल्लाको अनुसन्धान टोलीलाई प्राविधिकलगायतका विषयमा अनुसन्धानका लागि सहयोग गर्ने बताए । टोलीले आजैदेखि काम शुरु गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ । पत्रकार पुडासैनी मृत भेटिएका दिनदेखि नै अनुसन्धान जारी राखिएको कोइरालाले बताए । “बाहिर दैनिक रुपमा भइरहेका प्रदर्शनले पनि अनुसन्धानका लागि समस्या हुनेगरेको छ”, उनले भने, “तर हामीले आफ्नातर्फबाट अनुसन्धानलाई निरन्तरता दिएका छौँ ।” तीन दिनदेखिको प्रदर्शनका कारण प्रहरीको सम्पूर्ण शक्ति भीड व्यवस्थापन र नियन्त्रणमा खर्च गर्नुपरेको छ ।

शुक्रबार जिल्ला अदालतले न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेसँगै, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पाँच दिन थुनामा राख्न आदेश दिएको थियो । उनीहरुलाई बिहीबार प्रहरीले काठमाडौँमा पक्राउ गरी यहाँ ल्याएको थियो । यसैबीच पत्रकार पुडासैनीको मृत्यु प्रकरणप्रति नागरिक समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाजले निस्पक्ष छानविन गरी सत्यतथ्य पत्ता लगाउन सरकारसँग माग गरेको छ । यस्तै स्वतन्त्र र निस्पक्ष अनुसन्धानमा सहयोग पुर्याउन प्रदर्शनकारीलाई पनि आग्रह गरिएको छ ।

साउन २० गते राति नारायणढस्थित पोखरा बसपार्कमा रहेको एक होटलको कोठामा पत्रकार पुडासैनी मृत अवस्थामा फेला परेका थिए । 
 

सम्बन्धित समाचार

पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछाने उच्च अदालतमा 

काठमाडौं । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा टेलिभिजनकर्मी रवि लामिछानेले उच्च अदालत हेटौडामा दर्ता गराएको पुनरावेदन निवेदनमा अदालतले कैफियत प्रतिवेदन माग गरेको छ ।  न्यायाधीश टेकराज नेपालको इजलाशले लामिछाने र युवराज कँडेलले

रवि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा उजुरी

काठमाडौं । कञ्चनपुरका पत्रकार खेम भण्डारीले न्यूज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका छन् ।  लामिछानेले आचारसंहिता पालना नगरी आफूलाई टेलिभिजन कार्यक्रममा ल्याएको भन्दै

के हो चितवनको संदेश ?

काठमाडौँ । पछिल्ला केहि साता चितवन निकै चर्चित रह्यो । पत्रकार शालिकराम पुडासैनीको मृत्युपछि टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ

रवि लामिछानेलाई पुडासैनी प्रकरणमा कार्यक्रम चलाउन र विदेश जान रोक

काठमाडौं । संचारकर्मी रवि लामिछानेले पत्रकार शालिकराम पुडासैनी प्रकरणमा कार्यक्रम चलाउन नपाउने भएका छन् । अदालतमा विचारधिन मुद्दा भएकाले उनले सो सम्बन्धी समाचारमा बोल्न नपाउने भएका हुन् । अदालतले आफ्नो  टेलिभिजन


z