• २०८१ बैशाख ८ शनिबार

माधव नेपालको वरियता खोसियो, झलनाथ अब तेस्रो वरियतामा

kharibot

काठमाडौं । सत्तारुढ नेपाल  कम्युनिस्ट पार्टी (नेकपा) को वरीयतामा वरिष्ठ नेता माधवकुमार नेपालको वरियता खोसिएको छ । 

आइतबार साँझ बसेको नेकपाको सचिवालय बैठकले वरिष्ठ नेताको पहिलो वरीयतामा खनाललाई राखेको छ भने दोस्रोमा माधवकुमार नेपाल रहने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख नारायकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

यस अघि तत्कालिन एमाले र माओवादी केन्द्र एकीकरण हुदा नेपाललाई वरिष्ठ बनाउदै तेस्रो वरियतामा राखिएको थियो ।  नेता खनालले त्यति बेला देखि नै आफु तेस्रो वरियतामा हुनुपर्ने माग राख्दै आएका थिए ।

त्यस्तै पार्टीका संगठन विभाग प्रमुख बनेका बामदेव गौतमले अखिल नेपाल किसान महासंघको संयोजक पद छोडेका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै