• २०८१ बैशाख ८ शनिबार

नेइमार बिना खेलेको पिएसजी पराजित

kharibot

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले खराब सुरुवात गरेको छ । गएराती भएको खेलमा पिएसजी पराजित भएको हो ।

पिएसजीलाई रेन्नेजले २-१ गोल अन्तरले पराजित गर्दै लिगमा विजयी सुरुवात गरेको छ । रेन्नेजको जितमा एमबेय नियांग र डेल कास्टिल्लोले एक एक गोल गरेका थिए भने पिएसजीका लागि एक गोल एडिसन कभानीले गरेका थिए ।

यो संगी लिग वानमा रेन्नेजले पिएसजीलाई पछिला १० सिजनमा ५ पटक पराजित गरेको छ ।

आन्फा चर्चित ब्राजिलियन खेलाडी नेइमारलाई यस खेलमा समावेश नगरेको पिएसजीले सिजनको खराब सुरुवात गरेको छ । नेइमारक बारेमा कडा शरत राखेर बार्सिलोना, रियल म्याड्रिड र युभेन्टससँग बार्गेनिंग गरिरहेको पिएसजी अब लोनमा समेत दिन तयार भएको मिडिया रिपोर्ट सार्वजनिक भइरहेका बेला लिगमा पराजित भएको छ ।

अब पिएसजीले अर्को खेल टोउलोउसविरुद्ध आगामी आइतबार खेल्ने छ भने रेन्नेजले स्ट्रासबर्गविरुद्ध खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै