• २०८१ बैशाख ८ शनिबार

एटलेटिको म्याड्रिडको विजयी सुरुवात, डेभ्यु खेलमा फेलिक्स घाइते

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा एटलेटिको म्याड्रिडले विजयी सुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिकोले गेटाफेविरुद्ध १-० को जित हासिल गरेको हो ।

एटलेटिकोको जितमा अल्भारो मोराटाले खेलको एकमात्र गोल गरेका थिए । मोराता ले खेलको २३औ मिनेटमा किएरन ट्रीप्पीयरको असिस्टमा मोरटाले गोल गरेका थिए ।

खेलको पहिलो हाफमा दुवै तर्फका एक एक जना खेलाडीले रातो कार्ड पाउदा दुवै टिम दोस्रो हाफमा १०-१० खेलाडीमा सिमित रहेका थिए । खेलको ३८औ मिनेटमा गेटाफेका जोर्ज मोलिनाले रातो कार्ड पाएका थिए भने खेलको ४२औ मिनेटमा एटलेटिकोका रेनान लोड़ीले दोस्रो पहेलो कार्ड पाउदै मैदान छोडेका थिए ।

एटलेटिकोले दोस्रो हाफमा पाएको पेनाल्टी गोललाई गोल गर्न असफल भएको थियो । युवा खेलाडी जोआओ फेलिक्सले पेनाल्टीको सिर्जना गरेपनि मोराटाले हानेको पेनाल्टी गेटाफेका गोल किपरले बचाएका थिए ।

त्यस्तै ला लिगामा डेभ्यु गरेका फेलिक्स पहिलो खेलमै घाइते भएका छन् । खेलको ६६औ मिनेटमा खुट्टामा समस्या आएपछि उनले मैदान छोडेका थिए ।

अब एटलेटिकोले आगामी आइतबार लेगानेजविरुद्ध खेल्ने छ भने गेटाफेले एथलेटिक बिल्बाओसँग खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै