• २०८१ बैशाख ७ शुक्रबार

बराबरीमा रोकियो चेल्सी

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा चेल्सी लेस्टर सिटीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

चेल्सीका लागि मासन माउन्टले गोल गरेका थिए भने लेस्टरका लागि विलफ्रेड निड़ीडीले गोल गरेका थिए ।

घरेलु मैदानमा खेलको सातौ मिनेटमा गोल गरेको चेल्सीले दोस्रो हाफमा सम्हालिन नसक्दा प्रिमियर लिगमा जित भने हासिल गर्न सकेन । पहिलो खेलमा म्यानचेस्टर युनाइटेडसँग हार बेहोरेको चेल्सी दोस्रो खेलमा बराबरीमा चित्त बुझाएको छ ।

त्यस्तै गत बुधबार भएको युइएफए सुपर कपमा समेत पेनाल्टी सुटआउटमा लिभरपुलसँग पराजित भएको थियो ।

त्यस्तै म्यानेजरको रुपमा चेल्सीमा आएका फ्र्यांक लाम्पार्डले तीन खेलमा जित हासिल गर्न सकेका छैनन् । उनी सन् २०१२-१३ देखि सुरुका पहिलो तीन खेलमा जित हासिल गर्न नसक्ने पहिलो म्यानेजर हुन् ।

चेल्सीले अब अर्को खेल नर्विच सिटीविरुद्ध खेल्ने छ भने लेस्टरले शेफिल्ड युनाइटेडसँग खेल्ने छ ।        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै