• २०८१ बैशाख ८ शनिबार

‘हाम्मा कुडा मुख्यमन्त्रीसँग’ कार्यक्रम शुभारम्भ

kharibot

कालिकोट । कर्णाली प्रदेश सरकारले जनताका समस्या बुझ्न ‘हाम्मा कुडा मुख्यमन्त्रीसँग’ कार्यक्रमको शुभाराम्भ गरेको छ ।

एक कार्यक्रमका बीच आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘हाम्मा कुडा मुख्यमन्त्रीसँग’कार्यक्रमको शुभारम्भ गरेका हुन् । 

‘मुख्यमन्त्रीसँग हाम्रा कुडा’ का लागि पैसा नलाग्ने नम्बर पनि सञ्चालनमा ल्याइएको छ । १०९६ नम्बरमा कर्णाली प्रदेश जुनसुकै नागरिकले मुख्यमन्त्री समक्ष आफ्ना गुनासा तथा जिज्ञासा राख्न पाउने भएका छन् । मुख्यमन्त्री शाहीले कुनै पनि योजनामा अनियमिता भएको भए आफूलाई सिधा खबर गर्न आग्रह गरेका छन् । 

मुख्यमन्त्री शाहीले प्रदेश सरकार समृद्धिको बाटोमा लम्केकाले कर्णाली प्रदेशमा नागरिकको समस्या र जनताका सबै प्रकार समस्या बुझ्नका लागि उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै