• २०८१ बैशाख ४ मंगलबार

स्मिथ ढल्दा सबैको धड्कन रोकिएको थियो – जोफ्रा आर्चर

kharibot

काठमाडौँ । दोस्रो एशेजमा आफ्नो टेस्ट डेभ्यु गरेका जोफ्रा आर्चरका लागि यो टेस्ट सम्झिन लायक बन्यो । इङल्याण्डले टेस्ट नजिते पनि तिब्र गतिका यी बलरका अगाडी अस्ट्रेलिया संघर्ष गरेको देखियो ।

टेस्टको चौथो दिन आर्चरको बाउन्सर लागेर मैदानमा ढलेका स्टिभ स्मिथको स्वास्थ्यमा केहि समस्या आएपछि अस्ट्रेलियाले उनलाई पाँचौ दिन खेलाएन । उनको ठाउमा मार्नस लाबूसचाग्नेलाई टिममा समावेश गरिएको थियो ।

खेलपछि प्रतिक्रिया दिदै जोफ्रा आर्चरले एक पलका लागि धड्कन रोकिएको बताएका छन् । आर्चरले स्मिथ ढल्नासाथ एक पलका लागि सबैको धड्कन रोकिएको बताए ।

आर्चरले भने, ‘मेरो स्मिथलाई चोट पुर्याउने कुनै उद्धेश्य थिएन । तपाइँ विकेट लिने कोशिश गर्नुहुन्छ । जब उनी मैदानमा ढले तब सबैको ढड्कन रोकिएको थियो ।’

आर्चरले अगाडी भने ‘जब स्मिथ उठे तब मात्र मैदानमा सबैलाई राहत भयो । कोहि पनि खेलाडी मैदानमा ढलेको देख्न चाहदैन । यो एक चुनौती थियो र उत्कृष्ट स्पेल थियो ।’

स्मिथले लगाएको हेलमेट गर्धन बचाउने किसिमको थिएन । सन् २०१४ मा सिड्नीमा घरेलु खेलमा यस्तै बाउन्सर लागेर फिलिप ह्युजको मृत्यु भएपछि यस्तो हेल्मेटको व्यवस्था गरिएको थियो ।

आर्चरले फालेको १४८ किमी प्रतिघन्टाको गतिमा फालेको बल स्मिथको गर्धनमा लागेपछि उनी मैदानमा ढलेका थिए । स्मिथ मैदानमा ढल्ना साथ दुवै टिमका खेलाडी र मेडिकल टिम स्मिथसँग पुगेका थिए ।

डाक्टरको प्राथमिक उपचार पछि उठेका स्मिथ खेल्न चाहे पनि डाक्टरको सल्लाह अनुसार मैदान छोडेका थिए । स्मिथले मैदान छोडदा दर्शकले आआफ्नो स्थानमा उठेर स्मिथको सम्मान गरेका थिए । करिब एक घण्टा ड्रेसिङरुपमा बिताएका स्मिथ फेरी मैदानमा फर्किएर ९२ रन बनाउदै आउट भएका थिए ।

उता स्मिथ ढलेपछि आर्चर स्मिथको नजिक नगएको भन्दै सामाजिक संजालमा उनको आलोचना भएको छ । स्मिथ ढल्नासाथ अन्य खेलाडी उनको नजिक गए पनि आर्चर भने गएका थिएनन् । आइपिएलमा दुवै राजेस्थान रोयल्सबाट सँगै खेल्ने सहकर्मी पनि भएकाले आर्चरको सो व्यबहारको आलोचना भएको छ ।   

स्मिथको तेस्रो टेस्ट खेल्नेमा आशंका :

क्रिकेट अस्ट्रेलियाले स्मिथले शनिबार खेले पनि आइतबार सुतेर उठ्दा केहि असहज महसुस गरेको र थप मेडिकल परीक्षण पछि आइसीसीको प्रोटोकल अनुसार यस खेलबाट फिर्ता बोलाइएको छ । साथै उनको बल लागेको ठाउको पनि थप परिक्षण हुने जनाएको छ । उनलाई दिमागमा एक प्रकारको असर पुगेको देखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै