• २०८१ बैशाख १२ बुधबार

नवाजुद्धीनको आफ्नै अभिनेत्री बारे खुलासा-‘शारीरिक सम्बन्धको लागि प्रेम गरे’

kharibot

मुम्बई । बलिवुडमा निकै सोझा र साधारण अभिनेताको छबी बनाएका अभिनेता नवाजुद्धीन सिद्धिकी विवादमा आएका छन् ।  नवाजुद्धीनको बायोग्राफी ‘एन अर्डिनरी लाइफ’ मा आफ्नी फिल्मकी अभिनेत्री निहारिका सिंहसंगको सम्बन्धका बारेमा लेखिएका कुराले उनि विवादमा आएका छन् । 

सन् २०१२ मा आएको फिल्म मिस लभ्लीकी अभिनेत्री रहेकी पूर्वमिस इंडिया निहारिका सिंहसँग आफ्नो शारीरिक सम्बन्ध रहेको खुलासा पछि बलिवुडका ‘गुड इमेज’ अभिनेता नवाजुद्धीनको अलोचन भएको छ ।  

बायोग्राफीमा नवाजुद्धीनले निहारिकासँग आफ्नो कहिल्लै प्रेमपुर्वक कुरा भएन किनकी मेरो उद्धेश्य उनीसँग शारीरिक सम्बन्ध राख्ने मात्र थियो भन्ने उल्लेख गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । निहारिकाले पनि यो कुरा थाहा पाएको उल्लेख गर्दै आफु निकै स्वार्थी भएको थिए उल्लेख गरेका छन् । निहारिकाले आफूसँग मिठा मिठा प्रेमका कुरा होस् भन्ने चाहे पनि आफु उनको घरमा उनीसँग शारीरिक सम्बन्ध राख्न मात्र जाने गरेको खुलासा गरेका छन् । 

आफु अन्तिम पटक उनको घरमा जाँदाको क्षण सम्झिदै नवाजुद्धीनले भनेका छन्- म् उनको घर जाँदा उनि सिल्कको सुन्दर ड्रेस लगाएर बसेकी थिइन्, म उनीसँग गएर उनलाई समात्न खोजे तर उनले मलाई धकेली दिईन । उनले अब आफुहरु कहिल्लै नभेट्ने बताइन । मैले उनीसँग माफी मागे, रोए तर उनले मानिनन् ।‘   

यसैबीच अभिनेत्री निहारिकाले नवाजुद्धीनको बायोग्राफी बारे प्रतिक्रिया दिदै आफ्नो नवाजुद्धीनसँग सम्बन्द रहेको स्वीकार गर्दै उनले सार्वजनिक गरेका तथ्यहरु हास्यास्पद रहेको बताएकी छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै