• २०८१ बैशाख ४ मंगलबार

रणवीर कपुर र राजा मौलीसँग भिड्दै कार्तिक आर्यन !

kharibot

मुम्बई । बलिवुडमा पछिल्लो समयका सफल अभिनेता कार्तिक आर्यन एक पछि अर्को ठुलो बजेको फिल्म साइन गरिरहेका छन् । सन् २०११ मा प्यारका पंचानामाबाट बलिवुडमा डेभ्यु गरेका कार्तिकले पछिल्लो समय भुलभुलैया-२ साइन गरेका छन् ।

पछिल्लो फिल्म कुका छिपी सुपरहित भएपछि कार्तिकको बलिवुडमा डिमाण्ड बढेको हो । उनले अक्षयकुमारले अभिनय गरेको भुल भुलैयाको सिक्वेल हाता पारेका छन् भने भर्खरै सैफ अली खानको लव आजकलको सिक्वेलको सुटिंग हालै सकेका छन् । लव आजकलमा कार्तिक सारा अली खानसँग रोमान्स गर्दै छन् ।

त्यस्तै कार्तिकले अर्को फिल्म पति पत्नी और वोह मा भुमि पेडनेकर र अनन्या पाण्डेसँग रोमान्स गर्दै छन् । त्यस्तै कार्तिकले करण जोहरको चर्चित फिल्म दोस्तानाको सिक्वेलमा समेत काम गर्न लगभग निश्चित भएको छ ।

कार्तिकले पछिल्लो पटक साइन गरेको भुल भुलैया रिलिज मितिका कारण पनि बलिवुडमा चर्चाको विषय बनेको छ । २००७ मा बनेको हरर कमेडी फिल्म भुल भुलैयाको सिक्वेल हात पार्नु कार्तिकको क्यारियर कै टर्निङ पोवाइन्ट हुने विश्लेषण गरिएको छ । यस फिल्मलाई प्रियादर्सनलाई रिप्लेस गर्दै अनीज वजमीले निर्देशन गर्ने भएका छन् । फिल्ममा अभिनेत्री अझै फाइनल नभएको बताइएको छ ।

फिल्मका निर्माता टि-सिरिजले २०२० को जुलाई ३१ मा रिलिज मिति घोषणा गर्दै कार्तिकको फस्ट लुक समेत जारी गरेको छ । बकर इदको सार्वजनिक बिदालाई हेरेर रिलिज मिति घोषणा गरिएको छ । यसै मितिमा दुई ठुला फिल्म समेत रिलिज हुदै छन् । जुलाई ३१ मा रणवीर कपुरको फिल्म शमशेरा तथा बाहुबली फेम निर्देशक राजा मौलीको निर्देशनमा बनिरहेको फिल्म आरआरआर पनि रिलिज हुने घोषणा गरिएको छ ।

यसरी हेर्दा अर्को बर्षको जुलाई ३१ मा भुल भुलैया-२ मा कार्तिक, शमशेरामा रणवीर कपुर वाणी कपुर र संजय दत्त तथा आरआरआरमा एनटीआर, राम चरण, आलिया भट्ट र अजय देवगनको भिडन्त हुने भएको छ ।                           
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै