• २०८१ बैशाख ७ शुक्रबार

कश्मीरबारे टिप्पणी गर्ने अकाउन्ट बन्द गरेकोमा फेसबुक र ट्वीटरलाई पाकिस्तानको प्रश्न 

kharibot

पाकिस्तान । गत आइतवार सामाजिक सञ्जालमा कश्मीरको विषयलाई लिएर पोस्ट गर्ने अकाउन्ट स्थगित गरेकोमा पाकिस्तानी अधिकारीहरुले ट्वीटर र फेसबुकसँग सम्पर्क गरेका छन् । 

भारतीय अधिकारीहरुले नयाँ दिल्लीमा गत सोमवार सुरक्षा एजेन्सीहरुको अनुरोधपछि जम्मुकाश्मीरमा भारतविरोधी प्रचार गर्ने चार ट्वीटर ह्यान्डललाई रद्द गरेको छ । 

अधिकारीहरुका अनुसार यस्तै गतिविधिमा संलग्न रहेको आरोपमा अन्य चार अकाउन्ट पनि बन्द हुन सक्छ । 

पाकिस्तानी अधिकारीहरुले भने यसको विरोध गर्दै सूचना प्राप्त गर्नु मानवीय अधिकार रहेको भन्दै फेसबुक र ट्वीटरसँग यो विषय उठाएको छ । 

एक पाकिस्तानी अधिकारीले फेसबुक र ट्वीटरले भारतको क्षेत्रीय मुख्यालयमा काम गर्ने कर्मचारीको निर्देशनमा अकाउन्ट बन्द गरिएको बताए । 

दुवै प्रविधि कम्पनीले अकाउन्ट बन्द गर्नुको स्पष्ट कारण मानिसहरुलाई जानकारी दिनुपर्ने उनको भनाइ छ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै