• २०८१ बैशाख १३ बिहीबार

डेङ्गुका बिरामी फेला

kharibot

पाल्पा । पाल्पामा डेङ्गुका बिरामी फेला परेका छन् । साउन महीनामा मात्रै दुई बिरामी फेला परेका हुन् । 
       
गत वर्ष भदौमा जिल्लामा डेङ्गुका सात बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए ।  डेङ्गुको सङ्क्रमण देखिएपछि दुवै जनाको उपचार भइरहेको छ ।

यो रोग ‘एडिप्टाइ’ नामक लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । घर वरिपरि खाडलमा पानी जम्न नदिने, सरसफाइ गर्ने, नियमित राति सुत्दा झुल टाँगेर सुत्ने तथा शरीर पूरै ढाक्ने गरी कपडा लगाए डेङ्गुबाट बच्न सकिने सूचना अधिकारी ज्ञवाली बताउँछन् ।   
        
अत्यधिक ज्वरो आउने, नाकको नाथ्री फुटेर रगत बग्नेलगायत डेङ्गु रोगका लक्षण हुन् । शरीरमा भएको रगतको मात्रा ‘प्लेटेड’ नामक तत्वले घटाइदिने हुँदा रोगको लक्षण देख्ने बित्तिकै स्वास्थ्य संस्थामा उपचार गराउनुपर्छ । विशेष गरी गर्मी याममा देखापर्ने डेङ्गुका रोगी भेटिएपछि स्थानीयवासी त्रसित बनेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै