• २०८१ बैशाख ७ शुक्रबार

मुक्तिनाथ बिकास बैकले ६१ करोड २९ लाख रुपैयाँको हकप्रद जारी गर्ने 

kharibot

काठमाडौ । मुक्तिनाथ बिकास बैंकले ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ ।

बैंकले हाल कायम रहेको चुक्ता पुंजी तीन अर्ब छ करोड ४७ लाख ६० हजार एक सय २३ रुपैयाँ मध्येबाट १० बराबर दुईको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ६१ लाख २९ हजार पाँच सय २० दसमलव २५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

बिक्री प्रर्वन्धक भिवोर क्यापिटल लिमिटेड मार्फत यही भदौ १२ गतेबाट खुल्ला हुने हकप्रद सेयरको बिक्री कार्य असोज १५ गतेसम्म कायम रहने छ ।

अधिकृत पुँजी चार अर्ब तथा जारी पुँजी तीन अर्ब ६७ करोड ७७ लाख १२ हजार एक सय ४८ रुपैयाँ रहेको बैंकको हकप्रद सेयरको बिक्री पश्चात भने चुक्ता पुंजी तीन अर्ब ६७ करोड ७७ लाख १२ हजार एक सय ४८ रुपैयाँ पुग्ने छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै