• २०८१ बैशाख ८ शनिबार

स्यान्डविच ढिला दिएपछि वेटरको गोली हानी हत्या 

kharibot

फ्रान्स । पेरिसको एक बाहिरी क्षेत्रमा पिज्जा र स्यान्डविचको एक रेस्टुरेन्टमा ग्राहकले वेटरलाई गोली हानी हत्या गरेका छन् । वेटरले स्यान्डविच ल्याउन ढिला गरेकाले उनको हत्या गरिएको बताइएको छ । 

पेरिसको पूर्वी क्षेत्रमा रहेको नोइजी ल ग्रान्डको एक रेस्टुरेन्टाम गोली चलेको आवाज आएपछि वेटरहरुले प्रहरीलाई खबर गरेका थिए । वेटरको काँधमा गोली लागेको थियो । २८ वर्षीय ती वेटरको घटनास्थलमै मृत्यु भएको बताइएको छ । 

प्रत्यक्षदर्शीका अनुसार बन्दुकधारी आफूले समयमा स्यन्डविच नपाएकाले निकै रिसाएका थिए । उनले आफ्नो नियन्त्रण गुमाए र वेटरलाई प्रहार गरे । त्यसपछि बन्दुकधारी त्यहाँबाट फरार भए । त्यहाँको स्थानीय प्रहरीले यस विषयमा गम्भीरतापूर्वक अध्ययन गरिरहेको बताएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै