• २०८१ बैशाख ८ शनिबार

मारियो बालोटेली अन्तत: इटाली मै फर्किए

kharibot

काठमाडौँ । इटालीका फुटबलर मारियो बालोटेली अन्तत: इटाली मै फर्किएका छन् । बालोटेलीले आफ्नै गृह शहरको क्लब ब्रेस्कियाबाट खेल्ने भएका हुन् ।

ब्रेस्किया यसै सिजनमा सिरी ए मा प्रमोशन भएको क्लब हो । उनले क्लबसँग तीन बर्षको सम्झौता गरेका छन् ।

२९ बर्षिय बालेटोलीले ब्राजिलियन क्लबबाट आएको अफर अस्विकार गर्दै इटालीमा फर्किएका हुन् । बालेटोलीले सन् २०२० मा हुने युरो कपका लागि इटालीको टिममा फर्किन मेहनत गरिरहेका छन् ।

गत सिजनमा फ्रेन्स लिग वान क्लब मार्सेलीबाट खेल्दै १५ खेलमा ८ गोल गरेका थिए । यस अघि अर्को फ्रेन्च क्लब नीसबाट खेलेका थिए । नीसका लागि ७६ खेलमा ४३ गोल गरेका बालेटोलीले प्रिमियर लिगमा म्यानचेस्टर सिटी र लिभरपुलमा समेत खेलेका छन् ।

बालेटोलीले प्रिमियर लिगमा सिटीका लागि प्रिमियर लिग, एफए कप समेत जितेका थिए । त्य्सघी इतलिकै क्लब इन्टर मिलानका लागि च्याम्पियन्स लिग, तीन पटक सिरी ए तथा कोपा इटाली कप जितेका थिए ।  

इटालीका फरवार्ड बालेटोली आफ्नो आक्रामक स्वभावका कारण बढी चिनिन्छन् । इटालीको राष्ट्रिय टिमका लागि भने बालेटोली ३६ खेल खेल्दै १४ गोल गरेका छन् ।                  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै