• २०८१ बैशाख ७ शुक्रबार

नेपाल-भारत संयुक्त बैठकमा जम्मु काश्मीर एजेन्डा बन्दैन - परराष्ट्रमन्त्री ज्ञवाली

kharibot

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जम्मु काश्मीरको विषय नेपाल–भारत संयुक्त बैठकको एजेन्डा नबन्ने बताएका छन् ।

यही भदौ ४ र ५ गते हुने नेपाल–भारत संयुक्त बैठकका बारेमा जानकारी दिन मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलमा बोल्दै मन्त्री ज्ञवालीले नेपाल सरकारले जम्मू कश्मीर मामिलालाई नजिकबाट नियालिरहेको बताए । 

परराष्ट्रमन्त्री ज्ञवालीले उनले भने, 'काश्मीरको विषय एजेन्डा बन्दैन । बन्ने विषय पनि होइन ।' उनले नेपाल क्षेत्रीय शान्तिको पक्षमा रहेको भन्दै जम्मु काश्मीरको विषयले त्यसमा समस्या नल्याउने पनि स्पष्ट पारे ।

भारतले संविधानको धारा ३७० खारेज गर्दै जम्मू कश्मीरको विशेष राज्यको दर्जा खोसेपछि छिमेकी राष्ट्र र सार्कको अध्यक्ष देशका हिसाबले अहिलेसम्म नेपालले कुनै प्रतिक्रिया दिएको छैन ।

पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जम्मू कश्मीर मामिलालाई नेपालले नजिकबाट नियालिरहेको बताउदै जम्मू कश्मीर क्षेत्रमा रहेका नेपालीको सुरक्षाबारे दिल्लीस्थित नेपाली दूताबासले काम गरिरहेको जानकारी दिए । उनले अगाडी भने क्षेत्रीय शान्ति खलबलिन नदिन आग्रह गर्दै उनले भने, ‘भारतले पनि यसलाई गम्भीरतापूवर्क लिन्छ भन्ने विश्वास छ ।’

त्यस्तै अर्को प्रसंगमा मन्त्री ज्ञवालीले भारतले नेपाललाई सिक्किम बनाउँछ भन्ने कल्पनै गर्न नसकिने बताए । काँग्रेस नेता प्रदिप गिरिले संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा केहि दिन अघि बोल्दै भारतले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ भन्ने अभिव्यक्तिको जवाफ दिदै परराष्ट्रमन्त्रीले गिरिको सो भनाइको खण्डन गरे ।

नेपाल–भारत संयुक्त बैठकमा भाग लिन भारतीय विदेश मन्त्री सुब्रमन्यम जयशंकर बुधबार नेपाल आउदै छन् । उनले बैठकमा भारतीय पक्षको नेतृत्व गर्दै छन् । 

सन् १९८७ मा स्थापना भएको ज्वाइन्ट कमिसनको पछिल्लो बैठक २०१६ मा भारतको नयाँ दिल्लीमा भएको थियो । गत फेब्रुअरीमै हुनुपर्ने यो बैठक भारतमा हुनलागेको आम निर्वाचनका कारण अगष्टका लागि सरेको थियो ।

संयुक्त बैठकमा दुई देशबीचको सम्बन्ध कनेक्टिभीटी, आर्थिक पार्टनरसीपसहित विभिन्न क्षेत्रमा आपसी सहयोग, व्यापार, उर्जा, जलस्रोतका विषयमा छलफल हुने मन्त्रालयले जानकरी दिएको छ ।

नेपाल भ्रमणका क्रममा जयशंकरले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेंटने कार्यक्रम रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै