• २०८१ बैशाख ७ शुक्रबार

सुनगोहोरो बरामद

kharibot

विराटनगर । जङ्गली जनावर सुन गोहोरो बरामद गर्नाका साथै त्यसमा संलग्न एक व्यक्तिलाई  प्रहरीले कारवाही अघि बढाएको छ ।

मोरङको सुनवर्षी नगरपालिका–८ हर्चगढीस्थित सिक्टी डायनियाको भित्री सडकखण्डस्थित  पथरी शनिश्चरे नगरपालिका–६ निवासी ५९ वर्षीय जसबहादुर धिमाललाई १२ थान जीवित सुनगोहोरेसहित पक्राउ गरिएको प्रहरीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बरामद सुनगोहोरोलाई जिल्ला डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक राजुकमार खिउंजुले जानकारी दिए । 

यसैगरी भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको ११५ स्थानीय जातका कुखुरा बरामद गरी प्रहरीले आज नष्ट गरेको छ । सो कुखुरा रु ६१ हजार मूल्यबराबरको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै