• २०८१ बैशाख ६ बिहीबार

भलिबल च्याम्पियन्सीपको पहिलो खेलमा नेपाल पराजित  

kharibot

काठमाडौँ । काठमाडौँमा शुरु भएको एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियन्सीपमा नेपाल पहिलो खेलमा क्रिगिस्तानसँग सोझो सेटमा ३-० ले पराजित भएको छ ।

च्याम्पियनसिपको पहिलो खेल अन्तर्गत समय एमा रहेको नेपालले पहिलो सेट २५-२३, दोस्रो सेट २५-२२ र तेस्रो सेट पनि २५-२२ ले गुमाएको थियो ।

कुल ७ देशले भाग लिएको यस च्याम्पियनसिपमा समुह ए मा नेपालसहित क्रिगिस्तान र माल्दिभ्स छन् भने समुह बि मा तुर्कमेनिस्तान, बंगलादेश, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन् ।

च्याम्पियनसिप अन्तर्गत आजै भएको पहिलो खेलमा समुह बि मा रहेको तुर्कमेनिस्तानले अफगानिस्तानलाई ४ सेटको खेलमा ३-१ ले पराजित गरेको थियो । तुर्कमेनिस्तानले पहिलो सेट ३२-३०, तेस्रो सेट २७-२५ र चौथो सेट २६-२४ ले जितेको थियो भने अफगानिस्तानले दोस्रो सेट २५-१६ ले जितेको थियो          

नेपालले अब आफ्नो दोस्रो खेल माल्दिभ्ससँग बुधबार खेल्ने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै