• २०८१ बैशाख १३ बिहीबार

बुटवलको ढबाहामा भएको दुर्घटनामा एकको मृत्यु

kharibot

रुपन्देही । बुटवलको ढबाहामा आज भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्व जाँदै गरेको लु २ च ३२६ नम्बरको सानो पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालक गुल्मी गुरुङधाराका २२ वर्षीय सुवास पछाईको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पिकअप गाडीलाई ओभरटेक गर्नेक्रममा लु ३२ प ५००१ नम्बरको मोटरसाइकलमा सवार पछाईको मृत्यु भएको हो ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै