राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल अनुष्का श्रेष्ठ

खरीबोट

काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आफ्नो व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठलाई सोमबार एक कार्यक्रमका बिच ब्रान्ड एम्बासडरमा नियुक्ती गरिएको छ ।

राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लि. बिच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले हस्ताक्षर गरेका हुन । 

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंक अन्य बाणिज्य बैंकहरुसँग प्रस्तिस्पर्धा गर्दै अघि बढिरहेको र आगामी दिनमा यसको सेवालाई अझ विस्तार गर्दै लैजाने क्रममा आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको लागि बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठलाई नियुक्ती गरिएको बताए ।

सो कार्यक्रममा दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले सरकारी बैंकसँगको यस्तो सम्झौताले सरकारी संस्थाप्रति नीजि क्षेत्रको गुनासो कम हुंदै जाने र बैंकले नयाँ पुस्तामा समेत आफ्नो उपस्थिति सशक्त बनाउन सक्ने विश्वास लिएको बताए ।
सो कार्यक्रममा मिस नेपाल २०१९ श्रेष्ठले आफु सरकारी स्वमात्विमा रहेको बाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउदा अत्यन्त खुसी लागेको बताईन ।  

बैंकले गत आवमा पाँच अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया र बेस रेट ५.५० प्रतिशत रहेको छ ।

बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २२२ वटा शाखा कार्यालय, १७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । बैंकले बैंकिङ्ग क्षेत्रको विस्तार, वित्तीय पहुंचको लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवाहरु लक्षित बैंकिङ्ग कारोबार संचालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सघाउ गुग्ने गरी बैंकिङ्ग सेवाहरु प्रवाह गरिरहेको छ ।  
 

सम्बन्धित समाचार

राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच आरटीजीएस सम्झौता 

काठमाडौँ । नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस) प्रणाली लागु गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका

राष्ट्रिय वाणिज्य बैंकको १४ नयाँ शाखाको संयुक्त समुद्घाटन  

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५ प्रदेशका १२  जिल्लामा रहेका १४ वटा नयां शाखा कार्यालयहरुको संयुक्त डिजिटल प्रविधिबाट अर्थमन्त्री डा.युबराज खतिवडाले समुद्घाटन गरेका छन् । यो सँगै बैंकको शाखा

राष्ट्रिय वाणिज्य बैंकले धितोपत्र सहायक कम्पनी स्थापना गर्ने 

काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । विशेष साधारण सभाले बैंकले धितोपत्र दलाल, धितोपत्र ब्यापारी तथा बजार निर्माता सम्बन्धि कार्य गर्न सहायक कम्पनी स्थापना गर्ने

राष्ट्रिय वाणिज्य बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता

काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । हेफर इन्टरनेशनलका बरिष्ठ उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनीको समुपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख


z