• २०८१ बैशाख १३ बिहीबार

काठमाडौँमा ३८ सिनेमा हलले तिरेनन् मनोरञ्जन कर

kharibot

काठमाडौं । चलचित्र घरहरुले मनोरञ्जन शुल्क बापतको कर नबुझाएपछि महानगरको राजस्व बिभागले भाद्र १७ गतेसम्मको सूचना दिएर सम्पर्कमा आउन सूचना जारी गरेको छ ।

काठमाडौँ महानगरले एक सूचना जारि गर्दै काठमाडौँमा भएका ४२ मध्ये केवल ४ सिनेमा हलले मात्र कर तिरेको जानकारी समेत दिएको छ । 

महानगरभित्र ४२ वटा सिनेमा घर छन् । जसमध्ये गएको बर्ष (आर्थिक बर्ष २०७५/०७६) मा ४ वटा हलले मात्र कर तिरे । राजस्व बिभागका प्रमुख नुरनिधि न्यौपाने भन्छन— टिकट बिक्रीसँगै संकलन भएको शुल्क पनि महानगरमा नबुझाएपछि यसमा हामी गम्भीर भएका हौं । उनका अनुसार गएको बर्ष ४ वटा हलले मनोरञ्जनवापतको शुल्क बुझाउँदा १९ लाख रुपैयाँ संकलन भएको थियो ।

प्रदेश नं. ३ को आर्थिक ऐन २०७६ को व्यवस्थाबमोजिम चलचित्र घरहरुले चलचित्र प्रदर्शन गर्दा प्रति टिकट बिक्रीमा मनोरञ्जन कर बापत लिएको ५ प्रतिशतले हुन आउने रकम अर्को महिनाको २५ गतेभित्र स्थानीय सरकारलाई बुझाउनु पर्छ ।

यो व्यवस्था पालना हुनु त कता हो कता, गएको बर्ष तिर्नु पर्ने कर तिर्न समेत चासो देखिएन, बिभागीय प्रमुख न्यौपानेले थप्दै भन्छन— ऐनको दफा ४ (३) बमोजिम हामीले चलचित्र घरहरुलाई बक्यौता रकमसमेत लिएर आउन सूचना जारी गरेका छौं ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै