रुख काटेर विमानस्थल नबनाऊ भन्दै काठमाडौँमा प्रदर्शन 

खरीबोट

काठमाडौँ । जंगल मासेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कि नबनाउने भन्ने बहस चलिरहेका बेला काठमाडौँको माइतीघरमा रुख काटेर विनास्थल बनाउनु हुदैन भन्दै प्रदर्शन भएको छ ।

करिब सय जनाको संख्यमा उपस्थित प्रदर्शनकारीहरुले काठमाडौँको बबरमहलस्थित नागरिक उड्डयन प्राधिकरण र वन विभाग अगाडी प्रदर्शन गरेका थिए । उनीहरुले रुख काटेर विमानस्थल बनाउने योजना तत्काल बन्द गर्न माग गरेका छन् ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नका लागि करिब २४ लाख रुख कटान गर्नुपर्ने भएपछि वातावारण विज्ञ र अधिकारकर्मीहरुले यसको विरोध गर्दै आएका छन् ।

रुख काटेर विमानस्थल बनाउदा यसले वातावरणलाई ठुलो असर गर्ने भन्दै प्रदर्शनकारीहरुले यसलाई तुरुन्त बन्द गर्नुपर्ने माग राखेका छन् । निजगढबाट आएर प्रदर्शनमा संलग्न सुनिल यादवले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएपनि रुख कटान गर्न नहुने आफुहरुको माग गरेको भन्दै नयाँ ठाउमा विमानस्थल बनाउन सकिने बताए ।

सरकारले अहिले बनाउने तयारी गरेको निजगढ विमानस्थलका कारण ५ सय परिवारसमेत विस्थापित हुने भएका छन् ।

   

सम्बन्धित समाचार

प्रस्तावित निजगढ विमानस्थल हालकै स्थानमा बन्छ – पर्यटनमन्त्री भट्टराई 

काठमाडौँ । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हालकै स्थानमा बनाउन सरकार दृढ देखिएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरामा अब सरकार पछि नहट्ने बताएका

निजगढमा नेपाल फोटो पत्रकार महासंघ शाखाको कार्यालय उद्घाटन

बारा । १८० औं विश्व फोटोग्राफी दिवसको अवसरमा नेपाल फोटो पत्रकार महासंघ शाखा बाराको कार्यालय एक समारोहका बिच उद्घाटन गरिएको छ ।  कार्यक्रमका प्रमुख अतिथि निजगढ नगरप्रमुख सुरेश कुमार खनालले उद्घाटन

योगेशजी निजगढमा २० लाख नै लैजानुस् तर पहिला बनाउनुस् !

काठमाडौँ । अहिले पहिलो पटक मन्त्री बनेका नेकपाका युवा नेता योगेश भट्टराई चर्चामा रहेका छन् । पहिलो पटक सांसद र पहिलो पटक मन्त्री भएपछि उनी अहिले खासमा अग्नी परिक्षामा छन्

निजगढ विमानस्थलको काम अन्योल हुँदा सांसद आक्रोशित

काठमाडौँ । त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको विकल्पमा २३ वर्षअघि यकिन गरिएको निजगढ विमानस्थल कुन ढाँचामा बनाउने भन्ने विषय अझै अन्योल रहेको सुनेपछि सांसदहरुले आक्रोश व्यक्त गरेका छन् । राष्ट्रिय सरोकार तथा समन्वय


z