• २०८१ बैशाख ७ शुक्रबार

रुख काटेर विमानस्थल नबनाऊ भन्दै काठमाडौँमा प्रदर्शन 

kharibot

काठमाडौँ । जंगल मासेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कि नबनाउने भन्ने बहस चलिरहेका बेला काठमाडौँको माइतीघरमा रुख काटेर विनास्थल बनाउनु हुदैन भन्दै प्रदर्शन भएको छ ।

करिब सय जनाको संख्यमा उपस्थित प्रदर्शनकारीहरुले काठमाडौँको बबरमहलस्थित नागरिक उड्डयन प्राधिकरण र वन विभाग अगाडी प्रदर्शन गरेका थिए । उनीहरुले रुख काटेर विमानस्थल बनाउने योजना तत्काल बन्द गर्न माग गरेका छन् ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नका लागि करिब २४ लाख रुख कटान गर्नुपर्ने भएपछि वातावारण विज्ञ र अधिकारकर्मीहरुले यसको विरोध गर्दै आएका छन् ।

रुख काटेर विमानस्थल बनाउदा यसले वातावरणलाई ठुलो असर गर्ने भन्दै प्रदर्शनकारीहरुले यसलाई तुरुन्त बन्द गर्नुपर्ने माग राखेका छन् । निजगढबाट आएर प्रदर्शनमा संलग्न सुनिल यादवले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएपनि रुख कटान गर्न नहुने आफुहरुको माग गरेको भन्दै नयाँ ठाउमा विमानस्थल बनाउन सकिने बताए ।

सरकारले अहिले बनाउने तयारी गरेको निजगढ विमानस्थलका कारण ५ सय परिवारसमेत विस्थापित हुने भएका छन् ।

   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै