• २०८१ बैशाख ७ शुक्रबार

बार्सिलोनामा सोचे जस्तो भएन - फिलिप कोटिन्हो  

kharibot

काठमाडौँ । ब्राजिलियन स्टार फिलिप कोटिन्हो जर्मनी क्लब बायर्न म्युनिखसँग आधिकारिक सम्झौता गरेपछि बार्सिलोनाको आफ्नो समय सोचे जस्तो नभएको प्रतिक्रिया दिएका छन् ।

बायर्नसँगको सम्झौतापछि कुरा गर्दै कोटिन्होले बार्सिलोनामा खेल्दा आफुले जस्तो सोचेको थिए त्यस्तो नभएको बताए । अब त्यो विगत भएको भन्दै उनले आफु अहिले नयाँ र ठुलो क्लबमा आएको बताउदै बायर्नमा लामो समय बसेर खेल्ने बताए ।

बायर्नका लागि धेरै उपाधि जित्न प्रयास गर्ने बताउदै कोटिन्होले बायर्नले मलाई जसरी क्लबका आगामी योजनाका बारेमा प्रष्ट बतायो त्यसले आफुलाई क्लबमा आउन सहयोग गरेको बताउदै बार्सिलोनामा आफुले धेरै कुरा सिकेको बताए ।

बायर्न र बार्सिलोना कोटिन्होलाई एक बर्षका लागि लोनमा ट्रान्सफर गर्न सहमत भएसँगै कोटिन्हो बायर्न पुगेर सोमबार क्लबसँग सम्झौता गरेका हुन् ।

बार्सिलोनाले पनि कोटीन्होलाई बधाई दिदै बार्सिलोनामा गरेको प्रदर्शनको लागि धन्यवाद समेत दिएको छ । बायर्नले कोटिन्होको पारिश्रमिक बाहेक बार्सिलोनालाई साढे ८ मिलियन युरो दिने सहमति भएको बार्सिलोनाले जानकारी दिएको छ ।            

सहमति अनुसार कोटिन्हो एक बर्ष बायर्नबाट खेल्ने छन् । बायर्नमा कोटिन्होले १० नम्बरको जर्सी लगाउने भएका छन् । यस अघि सो जर्सी बायर्नका चर्चित खेलाडी आर्जेन रोबेनले लगाउने गर्दथे । रोबेनले गत सिजनको अन्त्यसँगै बायर्न छोडेका थिए ।         

२०१८ को जनवरीमा लिभरपुलबाट बार्सिलोना गएका कोटिन्होले आफ्नो क्षमता अनुसारको खेल देखाउन असफल भएका थिए । उनी खेल्ने मिडफिल्डमा अहिले बार्सिलोनाले नेदरल्याण्डसका फ्र्यांकी डिजंग र ब्राजिलकै अर्थर तथा क्रोसियाका इभान राकिटिकलाई प्राथमिकता दिने भएपछि कोटिन्होलाई बेच्ने निर्णय गरेको हो ।

यस अघि कोटिन्हो प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड, लिभरपुल र आर्सनल जाने चर्चा चलेपनि सो प्रयास असफल भएको थियो । साथै कोटिन्होलाई पिएसजीसँग नेइमारको डिलमा पठाउने भनिएको भएपनि पिएसजीसँग ठोस रुपमा सहमत हुन नसकेपछि बार्सिलोनाले कोटिन्होलाई बायर्न म्युनिख पठाएको हो ।

कोटिन्होले बार्सिलोनामा कुल ७६ खेल खेल्दै २१ गोल गरेका छन् । कोटिन्होले अब बायर्नका लागि आगाम इशानिबार शाल्केविरुद्धको खेलमा डेभ्यु गर्ने सम्भावना रहेको छ ।       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै