• २०८१ बैशाख ७ शुक्रबार

'स्वास्थ्य सेवाका समायोजन प्रक्रिया छिटो सम्पन्न हुन्छ'

kharibot

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवाका विभिन्न समूह÷उपसमूहमा कार्यरत कर्मचारीको समायोजन प्रक्रिया छिटोभन्दा  सम्पन्न हुने जनाएको छ । 

कर्मचारी समायोजन भएको पत्र छिटो साधनद्वारा कर्मचारी कार्यरत रहेकै स्थानमा पुग्ने गरी पठाउने व्यवस्था मिलाइएको मन्त्रालयद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । 

“समायोजन तथा पदस्थापनसम्बन्धी कार्यलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखि कार्य अगाडि बढाइरहेको छ ।  वर्षात तथा विपद्को सयममा खटिएका स्थानमा स्वास्थ्य सेवा प्रवाह गर्ने कार्यमा लागि रहन सबै तहका कर्मचारीलाई पुनः यसै सूचनाद्वारा स्मरण गराइन्छ”, विज्ञप्तिमा भनिएको छ । 

विज्ञप्तिमा पद, नाम तथा स्तरवृद्धि सम्बन्धमा समायोजन प्रक्रिया सम्पन्न हुनासाथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अर्थ मन्त्रालयसँग समन्वय गरी समस्या समाधान गरिने जनाइएको छ ।

स्वास्थ्य सेवामा क्रियाशील ट्रेड युनियनले पद, नाम र स्तरवृद्धिको समस्या सम्बोधन गर्न उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको ध्यानाकर्षण गराउँदै आएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै