• २०८१ बैशाख ८ शनिबार

प्रज्नाको मार्मिक गीत 'फर्कि आऊ' सार्वजनिक

kharibot

वाशिंगटन । अमेरिकाको  केन्टकी राज्यमा  बस्ने  प्रतिभाशाली ८  वर्षिया बालिका प्रज्ना पाठकले  जन्मदिनको अवसरमा मार्मिक गीत 'फर्कि आऊ' को लिरिकल भिडियो सार्बजनिक गरेकी छिन् ।

चर्चित  गायक/संगीतकार  स्वरूपराज आचार्यको  संगीत र मणि भट्टराईको शब्द रहेको उक्त मार्मिक गीतमा विदेशिएका बाबासँगै सँधै हाँस्न, खेल्न, रमाउन पाए कस्तो हुन्थ्यो होला भन्ने एउटी अबोध बालिकाको मनको चाहनालाई  व्यक्त  गरिएको छ ।

देशको चरम बेरोजगारीको कारण कलिला छोराछोरीहरूलाई आफ्नो जन्मभूमि छोडेर बिदेशी भूमिमा आफ्नो रगत, पसिना बगाउन बाध्य लाखौं लाख बुबाहरुलाई घर फर्कि आउन एउटी अबोध छोरीले गरेको अनुरोधलाई  गीतमा समेटिएको छ ।

अंग्रेजी गीतहरु  पनि  निकै राम्रो गाउने  प्रज्नाले  विभिन्न कार्यक्रमहरुमा समेत प्रस्तुति दिने गर्छिन् । प्रज्नाले ६ बर्षको उमेरमा 'द न्यु गर्ल इन टाउन' नामक बाल  पुस्तक पनि प्रकाशित गरेकी थिइन् ।

उक्त पुस्तक प्रकाशनबाट  संकलित २५ सय डलर उनले बाल अस्पताल सेन्ट जुड चिल्ड्रेन रिसर्च हस्पिटललाई समेत प्रदान गरेकी थिइन् ।

गायिका पाठकका पिता मुर्रे स्टेट युनिभर्सिटीका प्रोफेसर डा मनोज पाठक प्रज्ना चार बर्षको उमेर देखिनै गीत, संगीत ,लेखन र चित्रकलमामा लागि परेको बताउछन् । 

'फर्कि आऊ' को लिरिकल भिडियो :
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै