• २०८१ बैशाख ८ शनिबार

माथिल्लो कर्णाली जलविद्युतमा राष्ट्रहित विपरीत सम्झौता – झलनाथ खनाल 

kharibot

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु झलनाथ खनाल र भीम रावलले माथिल्लो कर्णाली जलविद्युत् परियोजनामा राष्ट्रहित विपरीत सम्झौता गरेको भन्दै सरकारको आलोचना गरेका छन् ।

पुष्पलाल मित्रता केन्द्रले सोमबार राजधानीमा गरेको माथिल्लो कर्णाली र बुढी गण्डकी परियोजनामा राष्ट्रहितको संरक्षणसम्बन्धी बहसमा नेताहरुले टाट पल्टिएको भारतीय कम्पनी 'जिएमआर'सँग परियोजनाको निर्माण सम्झौता नेपालको हित विपरीत भएको बताए । 

नेताहरुले जिएमआरलाई म्याद थप नगर्न सुझाएका छन् । वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियतालाई कमजोर पार्ने कुनै पनि योजना समर्थन गर्न नसकिने भन्दै माथिल्लो कर्णाली जलविद्युत् परियोजनाका बारेमा उठेका सम्पूर्ण प्रश्नको जवाफ सरकारले दिनु पर्ने बताएका छन् ।

यस्तै, नेकपा नेता भीम रावलले जिएमआरले नेपाललाई जुनसुकै जरिवाना गराउन सक्ने गरी राज्य तल परेर निर्माण सम्झौता गरिएको दाबी गरे । 

'माथिल्लो कर्णाली बचाऔँ' राष्ट्रिय अभियानका अध्यक्ष भरत बहादुर शाहीले माथिल्लो कर्णाली परियोजना निर्माणको जिम्मा जिएमआरलाई दिनु नेपाल र नेपालीका लागि दुर्भाग्य र राष्ट्रघात भएको बताए । 

नेपालका राष्ट्रिय गौरवका आयोजनामध्ये माथिल्लो कर्णाली जलविद्युत् परियोजना नेपालसँगै भारत र बंगलादेशको पनि चाँसो रहँदै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै