• २०८१ बैशाख ७ शुक्रबार

प्रधानमन्त्री ओली फलोअप उपचारका लागि विहिबार सिंगापुर जादै

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि फेरी सिंगापुर जाने भएका छन् ।

यसअघि गत साउन १८ गते गएर २७ गते फर्किएका ओली ‘फलोअप’ का विहिबार सिंगापुर जान लागेका हुन् ।

यसअघि ओली सिंगापुर जाने खबर विभिन्न सञ्चारमाध्यमहरुमार्फत् बाहिरिएतापनि ओलीको सचिवालयले भने इन्कार गर्दै आएको थियो ।

प्रधानमन्त्री निकटका अनुसार प्रधानमन्त्रीलाई केही नयाँ औषधी चलाइएको र सोको फलोअपका लागि उनी फेरी सिंगापुर जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीले सिंगापुरको सरकारी अस्पताल नेशलन युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै