• २०८१ बैशाख १३ बिहीबार

अजय देवगनको फुटबल प्रशिक्षकको भूमिकामा बन्ने फिल्मको नाम मैदान

kharibot

मुम्बई । बलिवुड अभिनेता अजय देवगनले अब फुटबल प्रशिक्षकको भूमिकामा नयाँ फिल्म गर्ने भएका छन् ।

भारतीय फुटबल टिमका पुर्व कोच रहेका अब्दुल रहिमको जिवनीमा बन्न लागेको फिल्ममा अजयले रहिमको भूमिका गर्न लागेका हुन् ।

यस फिल्मको नाम मैदान हुने घोषणा गरिएको छ । फिल्ममा पहिला अजयलाई ६० बर्षको उमेरको देखाइने भएको छ ।

यो फिल्म गत बर्षको चर्चित फिल्म बधाई हो निर्देशन गरेका निर्देशक अमित शर्माले गर्ने भएका छन् । फिल्म अर्को बर्ष रिलिज हुने भएको छ ।

अजयले यस फिल्ममा अभिनय गर्न फुटबल सिक्ने बताइएको छ । यस फिल्ममा काम गर्ने अन्य कलाकारको बारेमा भने अझै खुलासा गरिएको छैन ।                  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै