• २०८१ बैशाख १३ बिहीबार

केन विलियम्सन र धनन्जयको बलिङ एक्सन शंकास्पद !

kharibot

काठमाडौँ । न्युजील्याण्डका कप्तान केन विलियम्सन र श्रीलंकाका बलर अकिला धनन्जयको बलिङ एक्सन शंकास्पद रहेको पाइएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) का अनुसार हाई अगस्ट १४ देखि १८ सम्म श्रीलंकाको गल्लेमा खेलिएको टेस्टमा विलियम्सन र धनन्जयको बलिङ एक्सन शंकास्पद पाइएको हो ।

खेलका अफिसियलले दुवै टिमका व्यवस्थापनलाई उनीहरुको बलिङ एक्सन शंकास्पद भएको जानकारी गराइसकेको आइसीसीले जनाएको छ ।

आइसीसीको नियम अनुसार विलियम्सन र धनन्जयले १४ दिन भित्र आइसीसी समक्ष बलिङ एक्सनको टेस्ट दिनुपर्ने बताइएको छ । आइसीसीले टेस्टको नतिजा नआउन्जेल भने दुवैलाई बलिङ गर्न अनुमति दिएको छ ।

पहिलो टेस्टमा धनन्जयले कुल ६२ ओभर बलिङ गर्दै ६ विकेट लिएका थिए, त्यस्तै विलियम्सनले भने केवल ३ ओभर मात्र बलिङ गरेपनि कुनै विकेट भने लिएका थिएनन् । आइसीसीले श्रीलंकाका बलर धनन्जयलाई गलत बलिङ एक्सनका कारण प्रतिबन्ध लगाएको थियो ।

दुई टेस्टको सिरिजमा पहिलो टेस्टमा श्रीलंकाले ६ विकेटको जित हासिल गरेको थियो । सिरिजको दोस्रो टेस्ट अगस्ट २२ देखि सुरु हुदै छ ।                                     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै