• २०८१ बैशाख १३ बिहीबार

फाइभजी फोन विक्री गर्दै हुवावे 

kharibot

चीन । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले ५जी स्मार्टफोन विक्री शुरु गरेको छ । हुवावेले शुक्रवारदेखि चीनमा मेट २० एक्स ५जी फोन विक्री शुरु गरेको हो । फोनको मूल्य ८८० अमेरिकी डलर छ ।

चीनमा अहिलेसम्म ५जी नेटवर्क सार्वजनिक भइसकेको छैन । तथापि, यस वर्षको अन्त्यतिर मुख्य शहरहरुमा ५जी नेटवर्कको अनलाइन विक्री शुरु हुने अपेक्षा छ । आगामी वर्ष भने चीनका अधिकांश शहरमा ५जी फोन विक्रीका लागि उपलब्ध हुनेछ ।

पछिल्लो समय एप्पल, सामसङ लगायत शीर्ष स्मार्टफोन निर्माता कम्पनीहरुबीच ५जी फोन सार्वजनिक गर्ने होडबाजी चलेको छ । एप्पलले अहिलेसम्म ५जी फोन ल्याइसकेको छैन । सामसङले ग्यालेक्सी नोट १० प्लस ५जी फोन लञ्च गरेको छ । तर यो फोन चीनमा भने विक्रीका लागि उपलब्ध छैन । 

चीनको स्मार्टफोन बजार सुस्ताइहेको छ । त्यहाँ कम्पनीको विक्री बढाउन र प्रिमियम सेगमेन्टमा अन्य प्रतिद्वन्द्वीहरु भन्दा अगाडि रहन ५जी स्मार्टफोनले हुवावेलाई मद्दत गर्ने बजार अनुसन्धाता संस्था काउन्टर प्वाइन्टका अनुसन्धान निर्देशक निल शाह बताउँछन् । चिनियाँ दूरसञ्चार कम्पनीहरुले आक्रमक रुपमा ५जी ल्याउँदै छन् । यसले पनि हुवावेलाई लाभ हुने शाहको भनाइ छ ।

अमेरिकी दबाबका कारण हुवावेईले घरेलु बजारमा आफ्नो ध्यान बढाइरहेको छ । यस वर्षको दोस्रो त्रैमासमा हुवावेईको कुल विक्रीमा चीनको हिस्सा ६२ प्रतिशत रहेको बजार अनुसन्धाता संस्था आईडीसीको तथ्याङ्कले देखाएको छ । चीन सरकारले हुवावेईको दूरसञ्चार उपकरण मार्फत अन्य देशको जासुुसी गरिरहेको आरोप अमेरिकाले लगाउँदै आएको छ ।

अमेरिकाले हुवावेईलाई कालो सूचिमा राखेको छ । यो प्रतिबन्धले त्यहाँका घरेलु कम्पनीहरुलाई हुवावेईसँग व्यापार गर्न र उसका उत्पादन विक्री गर्न बन्देज लगाएको छ । प्रतिबन्धले घरेलु कम्पनी तथा उपभोक्ताहरुलाई पर्ने प्रभाव कम अमेरिका सरकारले हुवावेईलाई ९० दिनको छुट दिएको थियो । सो छूट सोमवार सकिँदैछ । रोयटर्स र वाल स्ट्रिट जर्नलले भने सरकारले यो छूटलाई लम्ब्याउन सक्ने बताएका छन् । एजेन्सीको सहयोगमा  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै