• २०८१ बैशाख ७ शुक्रबार

निजगढमा नेपाल फोटो पत्रकार महासंघ शाखाको कार्यालय उद्घाटन

kharibot

बारा । १८० औं विश्व फोटोग्राफी दिवसको अवसरमा नेपाल फोटो पत्रकार महासंघ शाखा बाराको कार्यालय एक समारोहका बिच उद्घाटन गरिएको छ । 

कार्यक्रमका प्रमुख अतिथि निजगढ नगरप्रमुख सुरेश कुमार खनालले उद्घाटन गर्दै फोटो पत्रकार महासंघको जिल्ला शाखा कार्यालय निजगढमा उद्घाटन गर्न पाउँनु आँफुलाई गर्व महसुश भई रहेको बताए । 

समाजलाई सही दिशा तर्फ डो¥याउँन पत्रकारिता क्षेत्रले पु¥याउँदै आई रहेको उल्लेखनिय भूमिका र योगदानलाई संसारमा धेरै उदाहरण रहेको बताउँदै त्यस माथि पनि फोटो पत्रकारिताको ईतिहास आँफैमा सर्वोच्च शिखर झैं अटल विशिष्ठ रहेको बताए ।

‘हो मुलुक आर्थिक विकास र समृद्धि तर्फ अहिले अघि बढी रहेको छ । मुलुकको संघिय संरचना तर्फ स्थानीय तह , प्रदेश र केन्द्र छन् । लामो संक्रमणकालिन अवस्थालाई पार गर्दै जनप्रतिनिधीहरुले अहिले काम गरि रहेका छन् । काम गर्ने दौरानमा केही कमी कमजोरी पनि हुँन सक्छ । त्यस्तो बेला चाहे फोटो पत्रकारिता , चाहे लेखन पत्रकारिता क्षेत्रमा आवद्ध पत्रकारहरुले सानो कमी कमजोरीलाई ठुलो विषय बनाउँनु भन्दा सच्चाएर अघि बढ्ने तर्फ सुझाव , सल्लाह दिर्दै काम गर्न तर्फ प्रोत्साहन गर्ने भूमिका निर्वाह गर्नु पर्ने बताए। 

झण्डै १० महिना अघि  नेपाल फोटो पत्रकार महासंघ शाखा बाराको भवन निर्माणका लागि जग्गा माँग गरिएको प्रति निजगढ नगरपालिका सकारात्मक रहेको बताउँदै केही महिना भित्रै जग्गा उपलब्ध गराउँने पुनः प्रमुख अतिथि एवंम् निजगढ नगर प्रमुख सुरेश कुमार खनालले प्रतिवद्धता जाहेर गरे ।

कार्यक्रममा विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ प्रदेश नं.२ का सचिव गुरु प्रसाद गौतमले निजगढमा फोटो पत्रकार महासंघका कार्यालय उद्घाटन र भवन निर्माणको योजनाले निजगढ मात्रै नभई पुरै बारा जिल्लाको गौरव बढ्ने बताएका छन्। 

द्रुत मार्ग , अन्तराष्ट्रिय विमानस्थल , स्मार्ट , सिटी , आर्थिक विकास (सेज) , रेल मार्ग आदी विकासले गति लिई रहेको बेला सञ्चार क्षेत्रको विकास पनि त्यती नैं तिब्र गतिमा हुँन सक्दा मात्रै अन्य विकास , पूर्वाधार , समाजिक कार्यले त्यती नैं महत्व पाउँने हुँनाले समाज र सञ्चार घाम र छायाँ जस्तै एक अर्काेको पुरक रहेको बताए।

निजगढमा फोटो पत्रकार महासंघको कार्यालय खोलिनु सुखद पक्ष भएको औलाउँदै समाजका हरेक पक्षलाई सकारात्मक ढंङ्गबाट फोटो पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।  

कार्यक्रममा विभिन्न राजनीतिक दल, संघ संस्थाका प्रमुख, समाजसेवी, बुद्धिजीवि लगायतले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य फोटो पत्रकार महासंघ बाराका सदस्य प्रकाश लम्सालले स्वागत , संस्थाका उद्देश्य बारे संस्था कै सदस्य रेशम तिवारीले मन्तव्य राखेका थिए । 

अतिथिका तर्फबाट जनप्रतिनिधी रामजी बजगाई, टेक बहादुर लामा , सुर्दशन कोईराला , मोजहर मन्सर , खड्ग प्रसाद उप्रेत , सञ्चारकर्मी महेश्वर अधिकारी, उमेश सुनार लगायतले शुभकामना दिएका थिए । 

नेपाल फोटो पत्रकार महासंघ शाखा बाराका अध्यक्ष जीतलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमका सञ्चालक पत्रकार दिवाकर भण्डारीले गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै