• २०८१ बैशाख १४ शुक्रबार

स्टिभ स्मिथ तेस्रो टेस्ट नखेल्ने  

kharibot

काठमाडौँ । इङल्याण्डविरुद्धको तेस्रो टेस्टबाट स्टिभ स्मिथ बाहिरिएका छन् ।

गत शनिबार जोफ्रा आर्चरको बाउन्सरले लागेर घाइते भएका स्मिथ पूर्णरुपमा निको नभएपछि तेस्रो टेस्ट नखेल्ने भएका हुन् ।

अस्ट्रेलियाका कोच जस्टिन लांगर स्मिथ तेस्रो टेस्ट नखेल्ने जानकारी गराएका हुन् । लांगरले डाक्टरहरुसँगको छलफल पछि सो निर्णय गरेको जानकारी गराएका छन् ।

स्मिथ अन्तर्राष्ट्रिय क्रिकेटमा कन्कुजन प्रोटोकलका कारण टेस्ट जारी रहेका बेलानै सबस्टिच्युट हुने पहिलो खेलाडी समेत हुन् ।

 यस अघि स्मिथ गत आइतबार सुतेर उठ्दा केहि असहज महसुस गरेको र थप मेडिकल परीक्षण पछि आइसीसीको प्रोटोकल अनुसार यस खेलबाट फिर्ता बोलाइएको थियो ।

स्मिथको ठाउमा आइसीसीको अनुमतिले अर्का खेलाडी मार्नस लाबूसचाग्नेलाई टिममा समावेश गरिएको थियो ।

आर्चरले फालेको १४८ किमी प्रतिघन्टाको गतिमा फालेको बल स्मिथको गर्धनमा लागेपछि उनी मैदानमा ढलेका थिए । स्मिथ मैदानमा ढल्ना साथ दुवै टिमका खेलाडी र मेडिकल टिम स्मिथसँग पुगेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै