• २०८१ बैशाख १३ बिहीबार

नेकपा सचिवालय बैठक अन्तिम समयमा स्थगित

kharibot

फाइल तस्बीर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ ।

थप गृहकार्य बाँकी रहेको बन्दै मंगलबार तीन बजेकाल आगी बोलाइएको बैठक अन्तिम समयमा बैठक स्थगित भएको हो ।

लामो रस्साकस्सीपछि विभागहरूको जिम्मेवारी टुंग्याएको नेकपाले केन्द्रीय आयोगहरू गठन गर्न बाँकी छ । नेकपाले जनवर्गीय संगठनहरूको पनि जिम्मेवारी टुंग्याएको छ । नेकपा विधानमा ६ वटा आयोग रहने व्यवस्था छ ।

नेकपामा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चमा जिम्मेवारी तोक्न बाँकी छ ।

सचिवालय बैठकले वरीयतामा माधवकुमार नेपालभन्दा माथि झलनाथ खनाललाई राख्ने निर्णय गरेपछि नेपालले असन्तुष्टि देखाएका छन् ।

वरीयतामा असन्तुष्टि जनाउँदै 'नोट अफ डिसेन्ट' राखेका उनले मंगलबारको बैठकमा लिखित रुपमा असहमति राख्ने तयारी गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै