• २०८१ बैशाख ८ शनिबार

म्याच फिक्सिङ प्रकरणमा श्रीशान्तलाई राहत, अर्को बर्षदेखि खेल्न सक्ने

kharibot

काठमाडौं । म्याच फिक्सिङ प्रकरणमा प्रतिबन्धमा परेका भारतीय पुर्व गतिका बलर एस श्रीशान्तको आजीवन प्रतिबन्ध हटेको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले श्रीशान्तलाई सात बर्षको मात्र प्रतिबन्ध लाग्ने निर्णय गरेको छ । बोर्डको यो निर्णय पछि श्रीशान्तको प्रतिबन्ध अब सेप्टेम्बर १३, २०२० मा सकिने छ ।

उनलाई सन् २०१३ मा आइपिएलमा स्पट फिक्सिङको आरोपमा आजीवन प्रतिबन्ध लागेको थियो । श्रीशान्तलाई राजस्थान रोयल्सबाट किंग्स इलेभेन पंजावसँग खेल्ने क्रममा फिक्सिङ गरेको आरोप लागेको थियो ।       

बोर्डका डीके जैनले अदालतको आदेश अनुसार श्रीशान्तलाई आजीवन प्रतिबन्ध घटाएर ७ बर्षमा घटाएको र अर्को बर्षदेखि क्रिकेट खेल्न सक्ने बताएका छन् ।

श्रीशान्तले भारतका लागि २७ टेस्ट, ५३ एकदिवसीय खेल र १० टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा कुल १६९ विकेट लिएका छन् । पछिल्लो पटक श्रीशान्त भारतका लागि २०११ मा खेलेका थिए ।                 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै