• २०८१ बैशाख १३ बिहीबार

श्रीमानको कुटाइबाट मृत्यु

kharibot

गाईघाट । उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको कुटाइबाट उनकी श्रीमती ३० वर्षीया मञ्जु पुलामी मगरको मृत्यु भएको छ । 

गए राति तीर्थले घरायसी विवाद हुँदा मञ्जुलाई कुटपिट गरेका थिए । सख्त घाइते मञ्जुको उपचारको क्रममा आज सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरी प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिए । तीर्थलाई पक्राउ गरी  कारवाही अगाडि बढाइएको उनले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै