• २०८१ बैशाख ८ शनिबार

इन्जुरीको मारमा बार्सिलोना : मेसी र स्वरेजपछि डेम्बेले घाइते

kharibot

काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाका लागि नयाँ सिजन धेरै किसिमले ठिक भइरहेको छैन ।

सिजनको पहिलो खेलमा हार बेहोरेको बार्सिलोनाले लियोनेल मेसीको इन्जुरीको समस्या झेलिरहेका बेला अर्का खेलाडी उसमान डेम्बेलेपनि घाइते भएर पाँच साताका लागि मैदान बाहिर भएका छन् । भर्खरै ब्राजिलियन फिलिप कोटिन्होलाई लोनमा बायर्न म्युनिखलाई बेचेको बार्सिलोनाले अब दोस्रो खेलका लागि पुरै रुपमा एन्टोनी ग्रीजम्यानसँग भर पर्नु परेको छ । 

रियल बेटिससँग आगामी आइतबार राति हुने खेलमा सम्भवत मेसी ठिक हुने छन् तर बार्सिलोनाका लागि डेम्बेलेको इन्जुरीको असर पर्ने देखिएको छ । तिब्र गतिका डेम्बेले सटिक पास दिने खेलाडीका रुपमा चिनिन्छन् । पहिलो खेलमा हार बेहोरेर दबाबमा आएको बार्सिलोनाका लागि डेम्बेलेको इन्जुरी ठुलो धक्काको रुपमा लिइएको छ ।

मिडिया रिपोर्टका अनुसार डेम्बेलेको व्यवहारले पनि बार्सिलोना व्यवस्थापन रुष्ट बनेको छ । गत शुक्रबार राति भएको खेलमा पुरै समय खेलेका डेम्बेलेको खुट्टामा समस्या भएपछि शनिबार बिहान मेडिकलका लागि रिपोर्ट गर्नुपर्नेमा सोमबारसम्म सम्पर्कमा नआएको बताइएको छ । सोमबार बिहानमात्र मेडिकल टेस्ट गर्दा उनी हर्म्सट्रीङ इन्जुरी भएको र पाँच साता खेल्न नसक्ने क्लबले जानकारी दिएको छ । डेम्बेलेको एटीच्युटको समस्या गतबर्ष पनि मिडियामा आएको थियो ।

बार्सिलोनामा अहिले मेसी लुइस स्वरेज पनि घाइते भएकाले यसमा डेम्बेलेपनि थपिदा क्लबको आक्रमण पंक्तिमा समस्या आउने देखिएको छ ।                 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै