• २०८१ बैशाख १३ बिहीबार

मेरो लिवरले २५ प्रतिशत मात्र काम गर्छ – अमिताभ बच्चन

kharibot

मुम्बई । बलिवुडका महानायक अमिताभ बच्चनले आफ्नो स्वास्थ्य बारे नयाँ खुलासा गरेका छन् ।

१९ अगस्टबाट टेलिभिजनको चर्चित कार्यक्रम 'कौन बनेगा करोडपति' को नयाँ सिजन सुरु गरेका अमिताभले एक टिभी कार्यक्रममा अतिथिको रुपमा उपस्थित हुदै आफ्नो लिवर (कलेजो) ले २५ प्रतिशत मात्र काम गरिरहेको बताएका हुन् । उनले आफु यस अघि टिबि र हेपाटाईटिस बि से पिडित भएको बताउदै आफ्नो लिवरको ७५ प्रतिशतले काम नगरेको बताएका हुन् ।

अमिताभले ८ बर्षसम्म आफुलाई टीबी भएको बारे जानकारी नभएको बताउदै यस्तो रोगको जाँच गरेर मात्र थाहा हुनसक्ने बताए ।

यस्ता रोगको सजिलै उपचार हुने हुनाले यस बारेमा खुलेर कुरा गर्नुपर्ने अमिताभले बताउदै आएका छन् । उनले जनचेतनाका लागि पनि आफ्नो स्वास्थ्य र रोगका बारेमा पटक पटक जानकारी दिई आएका छन् ।

७६ बर्षिय अमिताभ यस उमेरमा पनि बलिवुडमा निकै सक्रिय रहेका छन् । अहिले करोडपति शोको एघारौ सिजन सुरु गरेका अमिताभको पछिल्लो फिल्म  बदला रिलिज भएको थियो । अब उनको अर्को फिल्म रणवीर कपुर र आलिया भट्टसँग ब्रह्मास्त्र रिलिजको तयारीमा छ ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै