रवि लामिछानेकी पत्नी निकिताले पनि प्रहरीमा जाहेरी दिदै 

खरीबोट

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेकी श्रीमती निकिता पौडेलले यस प्रकरणमा विद्युतीय प्रमाण किर्ते गर्नेका विरुद्ध जाहेरी दिने बताएकी छन् ।

सामाजिक संजालमार्फत सो जानकारी दिदै पौडेलले महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँमा सो जाहेरी दिने जानकारी गराएकी छन् । उनले विद्युतीय प्रमाण म्यानुपुलेट गरेको भन्दै जाहेरी दिन लागेको बताएकी छन् ।

गत विहिबारदेखि प्रहरी हिरासतमा रहेका लामिछानेलाई जिल्ला अदालत चितवनले अझै पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय थप गरेपछि उनी आगामी शनिबारसम्म हिरासतमै रहने भएका हुन् । 

यस अघि गत शुक्रबार चितवन जिल्ला अदालतले रविसहित तीनैजनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

लामिछानेसहित पत्रकार युवराज कँडेल र रुकु कार्की (अस्मिता) विरुद्ध शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान भइरहेको छ ।

यस अघि मृतक पुडासैनीकी श्रीमतीले पनि लामिछानेसहित तीन जनाविरुद्ध टेकुमै किटानी जाहेरी दिएकी थिइन् ।

पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियो मिडिया मार्फत सार्वजनिक भएपछि प्रहरीले सोहि आधारमा लामिछानेसहित तीन जनालाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको थियो ।
 

सम्बन्धित समाचार

पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछाने उच्च अदालतमा 

काठमाडौं । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा टेलिभिजनकर्मी रवि लामिछानेले उच्च अदालत हेटौडामा दर्ता गराएको पुनरावेदन निवेदनमा अदालतले कैफियत प्रतिवेदन माग गरेको छ ।  न्यायाधीश टेकराज नेपालको इजलाशले लामिछाने र युवराज कँडेलले

रवि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा उजुरी

काठमाडौं । कञ्चनपुरका पत्रकार खेम भण्डारीले न्यूज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका छन् ।  लामिछानेले आचारसंहिता पालना नगरी आफूलाई टेलिभिजन कार्यक्रममा ल्याएको भन्दै

के हो चितवनको संदेश ?

काठमाडौँ । पछिल्ला केहि साता चितवन निकै चर्चित रह्यो । पत्रकार शालिकराम पुडासैनीको मृत्युपछि टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ

रवि लामिछानेलाई पुडासैनी प्रकरणमा कार्यक्रम चलाउन र विदेश जान रोक

काठमाडौं । संचारकर्मी रवि लामिछानेले पत्रकार शालिकराम पुडासैनी प्रकरणमा कार्यक्रम चलाउन नपाउने भएका छन् । अदालतमा विचारधिन मुद्दा भएकाले उनले सो सम्बन्धी समाचारमा बोल्न नपाउने भएका हुन् । अदालतले आफ्नो  टेलिभिजन


z