• २०८१ बैशाख ८ शनिबार

रवि लामिछानेकी पत्नी निकिताले पनि प्रहरीमा जाहेरी दिदै 

kharibot

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेकी श्रीमती निकिता पौडेलले यस प्रकरणमा विद्युतीय प्रमाण किर्ते गर्नेका विरुद्ध जाहेरी दिने बताएकी छन् ।

सामाजिक संजालमार्फत सो जानकारी दिदै पौडेलले महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँमा सो जाहेरी दिने जानकारी गराएकी छन् । उनले विद्युतीय प्रमाण म्यानुपुलेट गरेको भन्दै जाहेरी दिन लागेको बताएकी छन् ।

गत विहिबारदेखि प्रहरी हिरासतमा रहेका लामिछानेलाई जिल्ला अदालत चितवनले अझै पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय थप गरेपछि उनी आगामी शनिबारसम्म हिरासतमै रहने भएका हुन् । 

यस अघि गत शुक्रबार चितवन जिल्ला अदालतले रविसहित तीनैजनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

लामिछानेसहित पत्रकार युवराज कँडेल र रुकु कार्की (अस्मिता) विरुद्ध शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान भइरहेको छ ।

यस अघि मृतक पुडासैनीकी श्रीमतीले पनि लामिछानेसहित तीन जनाविरुद्ध टेकुमै किटानी जाहेरी दिएकी थिइन् ।

पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियो मिडिया मार्फत सार्वजनिक भएपछि प्रहरीले सोहि आधारमा लामिछानेसहित तीन जनालाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै