काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कास्कीमा कार्यरत मालपोत अधिकृत अविनाश कुँवरलाई घुस रकमसहित पक्राउ गरेको छ ।
अख्तियारले अधिकृत कुवँरलाई ५९ हजार घुससहित मंगलबार पक्राउ गरेको हो । अख्तियारले कुँवरलाई पोखरा महानगरपालिका वडा नं ७ मुस्ताङ्ग चोक नजिकैबाट मंगलबार घुस रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जनाएको छ ।
मालपोत अधिकृत अविनाश कुँवरले रजिष्ट्रेशन पास गर्न नियमानुसार आवश्यक सबै कागजात प्रमाणसहित पेश गर्दा पनि सेवाग्राहीसँग ५९ हजार घुस लिएको अख्तियारले जानकारी दिएको छ ।