• २०८१ बैशाख ८ शनिबार

संबिधान राष्ट्रिय आकांक्षा हासिल गर्ने दस्तावेज हो – प्रधानमन्त्री ओली 

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्ने दस्तावेज भएको बताएका छन् । 

संविधान दिवस-राष्ट्रिय दिवश मूल समारोह समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका छन् ।

प्रधानमन्त्री ओलीले संविधान ल्याउनका लागि अग्रजहरुको संघर्ष र  बलिदानको महत्वपूर्ण देन रहेको बताएका छन् । “जीउ ज्यानको मात्र बलिदानी हैन अन्य थुप्रै प्रकारका बलिदानीको योग हो संविधान” प्रधानमन्त्री ओलीले भने, “हामीले कष्टपूर्ण दिन बिताएर र अनेक अवरोध छिचोलेर यो संविधान प्राप्त गरेका हौं । त्यसकारण यसको संरक्षण कार्यन्वयन गर्ने जिम्मा हाम्रो हो ।”

प्रधानमन्त्री ओलीले संविधानले बृहत्तर राष्ट्रिय हितलाई समेटेको बताएका छन् । “ संविधान सहमतिको दस्तावेज हो । यसले हरेक व्यक्तिका आकांक्षालाई जस्ताको तस्तै पुरा गर्दैन तर बृह्त्तर राष्ट्रिय आकांक्षालाई सम्बोधन गरेको छ” प्रधानमन्त्री ओलीले भने, “संविधानले नेपालको गौरवपूर्ण परम्परा र समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई समेटेको छ ।”

प्रधानमन्त्री ओलीले संविधान दिवश नेपाली जनताको उत्सवको दिवश भएकोले यसलाई राष्ट्रिय दिवशको रुपमा समेत मनाइएको बताएका छन् । “संविधान दिवशलाई भव्यता र व्यापकताका साथ मनाउनु पर्दछ”प्रधानमन्त्री ओलीले भने, “यो नेपालका सबै दिवश भन्दा ठुलो दिवश हो । यसले वर्ग वा समुदायलाई मात्र हैन देशका सम्पूर्ण बासिन्दालाई समेट्ने भएकोले यसलाई व्यापक रुपमा मनाउनु पर्दछ । घरघरमा दिपावली मनाउनु पर्दछ ।”

संविधानसभाबाट २०७२ असोज ३ गते जारी भएको नेपालको संविधानले हाम्रो गौरवपूर्ण परम्परा,वर्तमान नेपालको अवस्था र भावी नेपालको मार्गदिशा तय गरेको बताएका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै